Headline

बेञ्जेमाको उत्कृष्ट ‘नो लुक ब्याक हिल’

Published

on

कासिमेरोको एक मात्र गोलको मद्दतमा इस्पान्योललाई १–० हराउदै रियल म्याड्रिडले स्पेनिस ला लिगा बार्सिलोनामाथि दुई अंकको स्पष्ट अग्रता हात पारेको छ ।

आइतबारको खेलमा बार्सा सेल्टा भिगोसँग बराबरीमा रोक्किएपछि रियललाई शिर्ष स्थानमा पुग्दै स्पष्ट अग्रता लिने मौका थियो । त्यसलाई करिम बेञ्जेमाको चतुर्याइपूर्ण नो लुक ब्याक हिल पास ले पुरा गर्यो । डिफेण्ड बर्नार्डो एस्पिनोसाको खुट्टाको बीचबाट दिएको पासमा कासिमेरोले सानो बक्सबाट उत्कृष्ट फिनिसिङ्ग गरेका थिए ।

लियोनल मेस्सी र लुइस सुवारजेपछि बेञ्जेमा ला लिगामा यो सिजन गोल र असिस्टमा दोहोरो छुने तेश्रो खेलाडी बनेका छन् ।

कासिमेरो यसअघि नै रियललाई अग्रता दिन निकै नजिक पुगेका थिए तर आफ्नै हाफबाट उनले गरेको सशक्त प्रहारलाई गोलकिपर डिएगो लोपेजले बचाइदिएका थिए । ६ खेल मात्र बाकी रहेको स्थितिमा रियलको ७१ अंक रहेको छ भने बार्साको ६९ । तेश्रो स्थानको एट्लेटिके म्याड्रिड (५८) र चौथो स्थानको सेभिया (५४) का लागि भने उपाधि दौड लगभग समाप्त भइसकेको छ ।

घरेलु मैदानमा इस्पान्योलले पनि केही गोल गर्ने मौकाहरु बुनेको थियो तर रियल गोलकिपर थिबाउ कोर्ट्वाले सबै बिफल पारिदिएका थिए ।
सोमबारकै अन्य खेलहरुमा लेभान्तेले रियल बेटिसलाई ४–२ ले हरायो भने भिलारियालले भ्यालेन्सियालाई २–० ले हराउदै ५१ अंकका साथ पाचौं स्थानमा उक्लियो । ग्रानडा आइबारसँग २–१ ले पराजित भयो ।

इटालीमा इन्टर तेश्रो स्थानमा कायम

एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै इन्टर मिलान इटालियन सिरी आ को तेश्रो स्थानमा कायमै रहेको छ । आइतबार राति भएको खेलमा इन्टरले पार्मालाई २–१ ले हरायो ।

इन्टर ६१ अंक साथ तेश्रो स्थानमा रहेको छ भने आठौं स्थानको पार्माको ३९ अंक भएको छ । सिरी आ मा अझै १० चरणका खेलहरु बाकी रहेको स्थितिमा युभेन्टस ६९ अंक साथ पहिलो स्थानमा रहेको छ भने लाजियोको ६५ ।

गेर्भिन्होले खेलको १५ औ मिनेटमै गोल गरेपछि पार्माले अग्रता लिएको थियो । लामो समयसम्म कुरेको इन्टरले ८३ औं मिनेटमा स्टेफन डे ब्रिजको गोलको मद्दतमा बराबरी गरेको थियो । ८७ औं मिनेटमा आलेसान्द्रो बास्तोनीले गोल गरेपछि इन्टरले महत्वपूर्ण तीन अंक हात पारेको थियो ।

एट्लान्टाले पनि लुइस मुरियलको दुई गोलको मद्दतमा युडिनेजीमाथि ३–२ को रोमाञ्चक जित हात पार्यो । एट्लान्टा ५७ अंकका साथ चौथो स्थानमा रहेको छ । एट्लान्टाले नवौं मिनेटमै दुभान जपाटाको गोलमार्फत अग्रता लिएको थियो तर केभिन लासाग्नाले ३१ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

मुरियलले ७१ र ७९ औं मिनेटमा गोल गर्दै एट्लान्टलाई जित नजिक पुर्याएका थिए । लासाग्नाले ८७ औं मिनेटमा अर्को गोल थपेपनि त्यो जितका लागि पर्याप्त भएन । अन्य खेलमा नापोलीले स्पाललाई ३–१ र साम्पडोरियालाई बोलाग्नाले २–१ ले हरायो भने सासुलोले भेरोनासँग ३–३ को बराबरी खेलेको थियो ।

Click to comment

Trending