Headline

एफए कपः सेमिफाइनलमा चेल्सी र युनाइटेड, अर्सनल र सिटी भिड्ने

Published

on

इङ्गलिस एफए कपको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रिमियर लिग बिजेता लिभरपुल पहिले नै बाहिरिसकेको प्रतियोगितामा म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, आर्सनल र चेल्सी सेमिफाइनल खेल्ने भएका छन् ।

आइतबार राति भएका खेलहरुमा आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१ ,चेल्सीले लेस्टर सिटीलाई १–० र म्यानचेस्टर सिटीले न्यूकासल युनाइटेडलाई २–० ले हराएको थियो । शनिबारको खेलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई २–१ ले पराजित गरेको थियो ।

दिनको पहिलो क्वार्टर फाइनलमा आर्सनलले सेफिल्डको घरेलु मैदानमा २५ औँ मिनेटमा निकलस पेपे र अतिरिक्त समयमा ड्यानी सेबालोसको मद्दतमा जित हात पार्यो । सेफिल्डका लागि एक गोल डेभिड म्याकगोल्ड्रिकले गरेका थिए ।

अर्को खेलमा भने चेल्सीले लेस्टरलाई रोस बार्कलीको एक मात्र गोलको मद्दतमा अन्तिम चारमा स्थान बनायो । म्यानचेस्टर सिटीले पनि न्युकासलमाथि सहज जित निकाल्यो । सिटीका लागि ३७ औँ मिनेटमा केवेन डि ब्रुनले पेनाल्टी मार्फत गोल अग्रता दिएका थिए ।

दोस्रो हाफमा भने सिटीले अर्को गोल थपेको थियो । रहिम स्टेर्लिङले ६३ औँ मिनेटमा गोल गरेका थिए । सेमीफाइनल र फाइनल सहित तीनै खेल वेम्बलीमा हुने छन् ।

Click to comment

Trending