Headline

म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

Published

on

म्यानचेस्टर युनाइटेड नर्विच सिटीलाई अतिरिक्त समयमा २–१ ले हराउदै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनल १–१ को बराबरीमा टुङ्गिएपछि युनाइटेडले थपिएको ३० मिनेटको अतिरिक्त समयमा जित हात पारेको हो ।

खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए । पहिलो गोल म्यानचेस्टर युनाइटेडले गरेको थियो । युनाइटेडका लागि ओडिएन इगालोले ५१ औँ मिनेटमा गोल गरेका थिए । नर्विचलाई पूर्ण रुपमा दवाबमा राखे पनि युनाइटेडले ७५ औँ मिनेटमा बराबरी गोल खान पुगेको थियो । नर्विचका लागि टड क्यान्टवेलले गरेका थिए ।

गोल खाएको केही समय पनि नबित्दै लगातार आक्रमण गरिरहेको युनाइटेडका ब्रुनो फर्नान्डेजलाई लडाएपछि नर्विचका टिम कोल्स रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । १० खेलाडीमा सिमित भएपछि थप दवाबमा खेलेको नर्विचलाई गोलकिपर टिम क्रुलले निकै उत्कृष्ट बचाउहरु गर्दै खेलमा कायमै राखेका थिए ।

निर्धारित समय पछि खेलिएको एक्स्ट्रा टाइमको २८ औं मिनेटमा युनाइटेडका लागि बिजयी गोल कप्तान ह्यारी मग्वायरले गरेका थिए । युनाइटेडले सेमीफाइनलको कुन टोलीसँग खेल्ने छ भन्ने टुङ्गो लाग्न बाकी छ । आइतबार नै एफए कपमा सेफिल्ड युनाइटेड र अर्सनल, चेल्सी र लेस्टर, म्यानचेस्टर सिटी र न्युकासलबीच अन्य तीन क्वार्टर फाइनल खेलहरु हुदैछन् ।

Click to comment

Trending