Headline

‘टप फोर’ को सपना देख्दै उल्भ्स

Published

on

म्यानचेस्टर युनाइटेडलाई उछिन्दै पाचौं स्थानमा उक्लिएपछि उल्भरह्याम्प्टन मिडफिल्डर लिएण्डर डेनडंकरले इङ्गलिस प्रिमियर लिगको पहिलो चौथो स्थानको सपना देख्नु राम्रो रहेको बताएका छन् ।

डेनडंकरकै गोलको मद्दतमा उल्भ्सले शनिबारको खेलमा रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको एस्टन भिल्लालाई १–० ले हरायो । जितपछि उल्भ्स ५२ अंक साथ पाचौं स्थानमा उक्लिएपनि ४९ अंक रहेको युनाइटेड भन्दा एक खेल बढी खेलेको छ । युनाइटेड जुलाई १ को खेलमा ब्राइटनलाई पराजित गर्न सके गोल अन्तरको आधारमा पुनः चौथो मै उक्लिनेछ ।

तेश्रो देखि पाचौं स्थान सम्मको भविष्य निर्धारण भने एक जित, बराबर वा एक हारले पनि गर्न सक्ने स्थिति रहेको छ । लेस्टर सिटी ५५ अंक साथ तेश्रोमा रहेको छ भने चेल्सी (५४) चौथोमा रहेको छ । यी दुवै टोली आइतबार एक महत्वपूर्ण खेलमा भिड्न गइरहेका छन् ।

म्यानचेस्ट सिटीलाई युरोपियन प्रतियोगिताहरुको प्रतिस्पर्धामा प्रतिबन्ध लागेका कारण प्रिमियर लिगमा यो सिजन पाचौं स्थानसम्म महत्वपूर्ण रहेको छ ।

“सबैजनाले सपना देख्छन् तर हामी यथार्थपरक हुन आवश्यक छ । हामीले केही निकै कठिन खेलहरु खेल्न बाकी रहेको छ तर लगातार तीन खेल जितेर ९ अंक बटुल्दा निकै राम्रो महसुस हुने गर्छ । अब हामीले अन्य खेलमा सकेसम्म राम्रो दिन आवश्यक छ,” डेनडंकरले भने ।

खेलमा मात्र दुई पोस्ट प्रहार गरेको उल्भ्सका लागि डेनडंकर दोश्रोमा भने सफल भएका थिए । बराबरीले भिल्ला रेलिगेसन जोनबाट बाहि निस्कने थियो तर खेल अवधिभर उसले मात्र एक आक्रमण बुन्न सकेको थियो ।

Click to comment

Trending