Headline

बुन्डेसलिगा समाप्त, बायर्नले उचाल्यो उपाधि, लाइपजिग तेस्रो

Published

on

बायर्न म्युनिखले लगातार आठौँ पटक जर्मन बुन्डेसलिगाको उपाधी उचालेको छ भने आफ्नो अन्तिम लिग खेलमा बोरुसिया डर्ट्मण्ड होफेन्हाइमसँग ४–० को फराकिलो अन्तरले पराजित भएको छ ।

हारका बावजुद डर्ट्मण्ड दोश्रो भएको छ भने अस्बर्गमाथि २–१ को जितपछि लाइपजिग तेश्रो भएको छ । उल्फ्सबर्गलाई ४–० ले हराएको बायर्नले ८२ अंकका साथ लिग सक्कायो भने डर्ट्मण्डको ६६ र लाइपजिगको ६५ अंक रह्यो । हर्था बर्लिनलाई २–१ ले हराएको बोरुसिया माएन्चेनग्ल्याडबाच एक अंकले चौथो स्थानमा रहन पुग्यो ।

यो सिजनबाट अर्को सिजनको च्याम्पियन्स लिगका लागि बायर्न म्युनिख, बोरुसिया डर्ट्मण्ड, आरबी लाइपजिग र मोइनचेनग्ल्याडबाच छनोट भएका छन् भने युरोपा लिगका लागि उल्फ्सबर्ग र होफेन्हाइमले टिकट काटे । प्रथम श्रेणीबाट वेर्डर व्रमन, डसेलडर्फ र पाडरबर्न यसअघि नै दोश्रो श्रेणीमा झरिसकेका थिए ।

पाँच खेल अघि नै बायर लेभरकुसनलाई ४–२ ले पराजित गर्दै बायर्नले उपाधि पक्का गरिसकेको थियो । भल्क्सवागन एरिनामा भएको खेलमा बायर्नका लागि पहिलो गोल किङ्स्ले कोमानले खेलको चौथो मिनेटमै थोमस मुलरको पासमा गरेका थिए । लिगमा मुलरले २४ औं असिस्ट गरेका हुन् । ३७ औं मिनेटमा मिकेल कुसान्सेले गोल गर्दै बायर्नलाई २–० गोलको अग्रता दिलाएका थिए ।

तेस्रो गोल भने ७२ औं मिनेटमा रोबर्ट लेवानडस्कीले पेनाल्टी मार्फत गरेका थिए । मुलरले ७९ औं मिनेटमा गर्दै बायर्नको उत्कृष्ट सिजनको अन्त्य गरे । २०१२–१३ को सिजन देखी बायर्नले लगातार लिग जित्दै नयाँ किर्तिमान कायम गरेको हो ।

डर्ट्मण्डले भने घरेलु मैदानमै लज्जास्पद हार बेहोर्न पुग्यो । खेलको सबै गोल आन्द्रेज क्रामरिचले गरेका थिए । लाइपजिगलाई महत्वपूर्ण जित दिलाउने क्रममा अर्को सिजन चेल्सीको जर्सीमा देखिन गइरहेका टिमो वेर्नरले गरेका थिए ।

अन्य खेलहरुमा लेभरकुसनले माइन्जलाई १–०, फ्राइबर्गले साल्केलाई ४–०, युनियन बर्लिनले डसेलडर्फलाई ३–०, आइन्ट्राच्ट फ्रान्कफर्टले पाडरबर्नलाई ३–२ र वेर्डर व्रेमनले एफसी कोलोनलाई ६–१ ले हरायो ।

 

Click to comment

Trending