Headline

फ्रान्सको प्रथम श्रेणीमा २० क्लब नै कायम रहने

Published

on

फ्रान्स फुटबल फेडेरेशन (एफएफएफ) ले फ्रेञ्च कप फाइनल जुलाई २४ का लागि तय गरेको छ । कोरोना भाइरसका कारण स्थगित भएको फ्रेञ्च लिग र नयाँ सिजनको शुरुवातको मिति पनि फ्रेञ्च लिगले तय गरेको हो ।

एफएफएफको साधारण सभाले अर्को सिजन प्रथम श्रेणीको लिग वानमा २० क्लबनै कायम रहने फ्रेञ्ज फुटबल लिगको निर्णयलाई पनि अनुमोदन गरेको थियो । कोरोनाका कारण सिजन समयअघि नै रद्द गरिदिदा लिग वानबाट रेलिगेट भएका र लिग टु बाट प्रमोसन नपाएका क्लबहरुले जनाएको बिरोधका बावजुद २० टाली रहने निर्णय गरिएको थियो ।

फ्रेञ्च कप फाइनल जुलाई २४ र त्यसको एक सातापछि फ्रेञ्च लिग कपको फाइनल गराइनेछ, एफएफएफका अध्यक्ष नोल ले ग्रेटले भने । लिग वानमा रेलिगेसन खारेज गर्दै अर्को सिजन २२ टोली राख्न फ्रान्सको उच्च अदालत दिएपनि त्यसको बिरुद्ध अन्तरिम आदेश लिदै फ्रेञ्च फुटबल लिगले २० टोली नै राख्ने निर्णय गरेको थियो ।

कोरोना भाइरस महामारीका कारण फ्रान्समा फुटबल ठप्प भएपछि पेरिस सेन्ट जर्माइन र सेन्ट एटिनेबीचको फ्रेञ्च कप फाइनल पहिलो प्रतिस्पर्धात्मक खेल हुनेछ । लिग वान बिजेता घोषित पिएसजीले लिग कपको फाइनल पनि खेल्दै लियोनको सामना गर्नेछ ।

लिग कपको फाइलको मिति सर्न पुग्दा लिग वानको नयाँ सिजन पनि ढिलो नै शुरु हुने भएको छ । लिग वान अगष्ट २२ मा शुरु हुदै मे २३, २०२१ मा समाप्त हुनेछ । लिग कपको फाइनलपछि दुवै टोलीलाई च्याम्पियन्स लिगको तयारीका लागि निकै कम समय रहनेछ ।

युभेन्टससँग च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलको दोश्रो लेगमा जित हात पार्दै अन्तिम ८ मा प्रवेश गरेको खण्डमा लियोनले फेरि पिएसजीसँगै क्वार्टर फाइनल खेल्नेछ । लिस्बनमा हुने नकआउट चरण अगष्ट १२ मा शुरु हुनेछ ।

Click to comment

Trending