Headline

युभेन्टसलाई इटालीमा सात अंकको अग्रता

Published

on

रेलिगेसनको संकटमा रहेको लेचेलाई ४–० ले हराउदै युभेन्टसले इटालियन सिरी आ मा ७ अंकको अग्रता बनाएको छ । टुरिनमा भएको खेलमा युभेन्टसका लागि पाब्लो डिबाला, त्रिष्चियानो रोनाल्डो, गोञ्जाले हिग्वेन र मथाइस डि लिटले गोल गरेका थिए ।

२८ खेल खेलेको युभेन्टसको ६९ अंक रहेको छ भने दोश्रो स्थानको लाजियो २७ खेलबाट ६२ । इन्टर मिलान (५८), एट्लान्टा (५४) र एएस रोमा (५४) शिर्ष पाँचमा रहेका छन् ।

लेचेले पहिलो हाफमा युभेन्टसलाई १० जनामा सिमित रहदा पनि रोक्न सफल भएको थियो । ३२ औं मिनेटमा फाबियो लुसियोनी रेड कार्ड खादै मैदान बाहिरिएपछि युभेन्टसलाई फाइदा पुगेको थियो । दोश्रौ हाफ पूर्ण रुपमा युभेन्टसको नियन्त्रणमा रह्यो ।

दोश्रो हाफको ८ मिनेटपछि नै डिबालाले बक्स बाहिरबाट गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । आफैमाथि भएको फउलपछि प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै रोनाल्डोले ६२ मिनेटमा अग्रता दोब्बर पारे । रोनाल्डोको यो सिजनको २३ औं गोल हो ।

८३ औं मिनेटमा रोनाल्डोकै पासमा हिग्वेनले गोल गरे भने डि लिटले दुई मिनेटपछि नै चौथो गोल गरेका थिए ।

सेभिया ला लिगामा तेश्रोमा उक्लने मौकामा चुक्यो

स्पेनिस ला लिगामा रियल भालाडोलिडसँग १–१ गोलको बराबरीमा रोकिएपछि सेभियाले तेश्रो स्थानमा जाने मौका गुमाएको छ । भालाडोलिडले २५ औं मिनेटमा किको गोलमार्फत अग्रता लिदै घरेलु टोलीलाई स्तब्ध पारेको थियो ।

मुनिर एल हदादी ५५ औं मिनेटमा पेनाल्टीमा चुकेपछि सेभियालाई त्यो निकै महँगो साबित हुन पुग्यो । लुकास ओकाम्पोसले अर्को पेनाल्टी गोल गर्न सफल भएपछि सेभिया अप्रत्यासित हारबाट जोगिएको थियो । जित हात पारेको खण्डमा सेभिया एट्लेटिको म्याड्रिडलाई एक अंकले पछि पार्दै तेश्रोमा उक्लने थियो ।

सेभियाको ५४ अंक रहेको छ भने एट्लेटिकोको ५५ । शिर्ष स्थानको रियल म्याड्रिड र बार्सिलोनाको समान ६८ अंक रहेको छ । रियल हेड टु हेडका आधारमा अग्रस्थानमा रहेको हो ।

Click to comment

Trending