Headline

म सधै दोश्रो हुन चाहन्नः डर्टमण्ड स्ट्राइकर हालान्ड

Published

on

बोरुसिया डर्टमण्ड तथा बिश्व फुटबलका उदीयमान फुटबलर एर्लिङ ब्रुट हालान्डले अर्को सिजन जर्मन बुन्डेसलिगमा बायर्न म्युनिखको राज समाप्त गर्न आफू आतुर रहेको बताएका छन् ।

आफू सधै दोश्रो हुन नचाहेको बताएका हालान्डले शनिबार बुन्डेसलिगाका अन्तिम चरणका खेलहरु समाप्त हुदा बायर्नले लगातार आठौं पटक बुन्डसेलिगाको उपाधि उचालेको हेर्नेछन् । डर्टमन्ड भने लगातार दोश्रो बर्ष दोश्रो स्थानमै जर्मनीको टप डिभिजन लिग सक्काउनेछ ।

बर्षको शुरुवातमा आरबी साल्जबर्गबाट डर्टमण्ड आए यता १९ बर्षिय हालान्डले खेलेका १७ लिग खेलमा १६ गोल गरेका छन् । यो सिजन साल्जबर्ग र डर्टमण्डका लागि संयुक्त रुपमा खेलिएका ३९ खेलमा उनले ४४ गोल गरेका छन् । डर्टमण्ड डिफेण्डर म्याच हमेल्सले अर्को सिजन एक स्थान माथि सक्काउने लक्ष्य लिएको बताउदै गर्दा हालान्डले पनि आफ्नो लक्ष्य उपाधि रहेको बताएका छन् ।

“म डर्टमण्डसँग केही हासिल गर्न चाहन्छु, हरेक पटक दोश्रो नहुदै उपाधिहरु नै जित्न चाहन्छु,” होफेन्हाइमबिरुद्ध शनिबार हुने अन्तिम लिग खेल अघि हालान्डले भने । “हामीले आफ्नै लागि लक्ष्य तैयार पार्दै आक्रमण गर्नुपर्छ ।”

सन् २०११ र २०१२ मा बायर्न चुक्दा योगर्न क्लोपले डर्टमण्डलाई लगातार दुई सिजन बुन्डेसलिगाको उपाधि जिताएका थिए । उत्कृष्ट लयलाई कायम राख्दै लगातार गोल गरेका हालान्डलाई युरोपका अन्य उत्कृष्ट क्लबहरुले आखा लगाइरहेका छन् तर उनी २०२४ सम्म डर्टमण्डमा रहेको सम्झौताको सम्मान गर्न चाहन्छन् ।

“म भविष्यको बारे धेरै सोच्न चाहन्न । म वर्तमानमा जिउने मान्छे हो । त्यसैले मैले यो जाडोमा डर्टमण्डसँग जोडिने निर्णय लिएको थिए । डर्टमण्ड बिश्वकै ठूलो क्लबहरुमध्ये एक हो र मैले यहा लामो बसाइको लागि सम्झौतामा हस्ताक्षर गरेको छु,” हालान्डले भने ।

Click to comment

Trending