Headline

युरोपियन राउन्ड–अपः लिभरपुल ३० बर्षपछि प्रिमियर लिग च्याम्पियन, भ्यालेन्सिया पराजित

Published

on

इङ्गलिस प्रिमियर लिगमा चेल्सीले म्यान्चेस्टर सिटीलाई २–१ ले हराएपछि लिभरपुल सात खेल अगावै च्याम्पियन बनेको छ ।

स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीका लागि विलियनले ७८ औं मिनेटमा गरेको पेनाल्टी गोलको मद्दतमा चेल्सीको जितसँगै लिभरपुलको उपाधि पक्का भएको थियो । यो खेल सिटीकै पक्षमा गएको भएपनि लिभरपुललाई उपाधि जित्न मात्र दुई अंकको आवश्यकता रहेको थियो ।

३१ खेलबाट ८६ अंक रहेको लिभरपुललाई अब कुनै क्लबले उछिन्ने छैन । सिटीको ६३, लेस्टर सिटीको ५५ र चेल्सीको ५४ अंक रहेको छ । फ्रांक लाम्पार्डको व्यवस्थापनमा रहेको चेल्सीले दोश्रो स्थान सम्मको सम्भावनालाई कायमै राखेको छ ।

खेलमा चेल्सीले क्रिष्चियन पुलिसिचको गोलमार्फत ३६ औं मिनेटमा अग्रता लिएको थियो । सिटीको डिफेन्सले गरेको गल्तीको फाईदा उठाउदै पुलिसिचले मैदानको मध्य भागबाट एक्लै बल लगेर गोल गर्न सफल भएका थिए । अमेरिकन पुलिसिचले लगातार दुई खेलमा दुई गोल गरेका छन् ।

सिटीले चेल्सी माथि दवाब कायम राख्ने क्रममा केभिन डि ब्रुनले फ्रि किकमार्फत उत्कृष्ट गोल गर्दै ५५ औँ मिनेटमा १–१ को बराबरीमा पुर्याएका थिए । फर्नान्डिन्होले गोल लाइन नजिकै बललाई हातले रोकपछि चेल्सीको दोश्रो गोल सम्भव भएको थियो ।

ट्यामी आब्रहमले प्रहर गरेको बललाई उनले हातले रोक्दा साझै रेड कार्ड खादै मैदानबाट बाहिरिएका थिए । विलियनले सहजै पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

भ्यालेन्सियाको युरोपियन सपनामा आइबारले पार्नी फेर्यो

स्पेनिस ला लिगामा रेलिगेसन जोनमा रहेको आइबारले युरोपियन प्रतियोगिता खेल्न शिर्ष ६ को लागि खेलिरहेको भलेन्सियालाई १–० ले हराएको छ । आइबरलाई खेल जित्नका लागि एक मात्र गोल १६ औं मिनेटमा भ्यालेन्सियाले नै सम्झव गराइदिएको थियो ।

जेफ्रि कोन्दोग्बीयाले आत्मघाति गोल गर्दै आइबारको जित सहज गराएका थिए । अर्को खेलमा बेटिसले इस्पान्योललाई १–० ले हरायो । भ्यालेन्सिया आठौं स्थानमा रहेको छ भने इस्पान्योल पुछारमा रहेको छ ।

Click to comment

Trending