Headline

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Published

on

सर्वोच्च अदालतले सफाइ दिएपछि म्याच फिक्सिङ्ग काण्डमा मुछिएका पुर्व राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा सहित अन्य खेलाडीहरुले अहिले राहतको साँस फेरेका छन् । सामाजिक सञ्जालमा उनीहरुलाई स्वागत गरिएको छ भने अब एएफसिसँग समन्वय गर्दै आजिवन प्रतिबन्ध पनि फुकुवा गर्न एन्फा आफै सकृय हुनुपर्ने आवाज पनि उठ्दै आएको छ ।

तर यथार्थ के हो भने नेपालमा सागर र उनीसँगै प्रतिबन्धमा परेका गोलकिपर रितेश थापा, डिफेन्डर सन्दिप राई, पुर्व फुटबल खेलाडी अञ्जन केसी, बिकास सिँह क्षेत्री र फिजियोथेरापिस्ट डेजिब थापालाई कहिल्यै पनि म्याच फिक्सिङ्गमा मुद्दा चलाइएकै थिइएन । २०७२ सालमा उनीहरु पक्राउ पर्दा नेपालमा म्याच फिक्सिङ्गको कानुन नै नबनेको कारण अदालतमा यो बिषयमा बहस हुने कुरै भएन ।

नेपाल प्रहरीको त्यो समयको नेतृत्वले सँगठित बिदेशी म्याच फिक्सरहरुसँग मिलेर आफ्नो स्वार्थ पुर्ति गर्दै राज्यबिरुद्ध अपराध गरेको आरोपमा मुद्दा दायर गरेको थियो । यसलाई राज्य बिपलप वा देशद्रोह र अंग्रेजी भाषामा ट्रिजन भनिन्छ । कानुन नै नरहेको बिषय हुदा अदालतमा म्याच फिक्सिङ्गमा बहस चलेको थिएन र यसलाई नै आधार मानिएको हुनाले यो मुद्दा शुरुमा नै फितलो भइसकेको थियो । नेपाली खेलाडीहरुले अदालतबाट निकै ढिलो सफाइ पाएका हुन् ।

खेलाडीहरूले भने पक्राउ परे लगत्तै भावुक हुँदै अन्जानमा गल्ती गरेको र अहिले आफूहरूलाई पश्चाताप भइरहेको बयान दिएको दाबी प्रहरीको थियो । तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले खेलाडीहरुले पनि आफुले गल्ती गरेको स्विकारेको बताएका थिए ।

प्रहरीको अनुसन्धानमा उनीहरुको कनेक्सन विश्व फुटबलका कुख्यात म्याच फिक्सर विल्सन राज पेरुमलसँग रहेको बताएको छ । सिँगापुरीयन नागरिक पेरुमलले ६ बर्ष अगाडी प्रकाशित गरेको आफ्नो किताब केलोङ किंग्सः कन्फेसन्स अफ द वल्र्डस मोस्ट प्रोलिफिक म्याच फिक्सर मा आफूले नेपाली फुटबलरहरुलाई म्याच फिक्स गर्नका लागि पैसा दिएको स्वीकारोक्ति गरेका छन् ।

उनले यस दौरान मलेसियामा २००८ को मर्डेका कपमा कसरी नेपालसँगै प्रतियोगितामै सहभागि अन्य देशका खेलाडीहरुलाई म्याच फिक्स गर्न लगाएको बताएका छन् । मोजाम्बिक अण्डर–२० र भियतनाम अण्डर–२२, सिएरा लियोन अण्डर–२० र अफगानिस्तानबीचको खेलहरु सफलतापुर्वक फिक्स गरिसकेपछि पेरुमलको आँखा नेपाल रहेको समुह ’ए’ मा थियो जहा उसले सिएरा लियोनसँग खेल्न गइरहेको थियो ।

पेरुमलले नेपालको सन्दर्भमा लेखेका कुराहरुको नेपाली अनुवाद

“सिएरा लियोनलाई सेमीफाइनल पुग्न नेपालसँगको खेल जित्न आवश्यक थियो । नेपालका केही खेलाडीहरुलाई हामीले पहिले देखि नै पैसा खुवाउदै आएका थियौं । अफगानिस्तान अघिल्लो खेलमा ६–१ ले पराजित भएपछि नेपाल र सिएरा लियोनबीचको खेलमा सिएरा लियोनको पक्षमा बाजी राख्दा साढे दुई गुणा रकम आउने थियो र हामीले साढे तीन गुणा पाउने गरि खेलाउनु थियो । त्यसैले मैले अबु बकार (फिक्सिङ्ग गराउने उनका अर्का साथी जसले सिएर लियोनको टोलीलाई नियन्त्रण गरेका थिए) लाई बोलाए ।

‘यता सुन,’ मैले बकारलाई भने । ‘हामी तिमिलाई जिताउदैछौं । पहिलो हाफ गोलरहित राख, अनि दोश्रो हाफमा हामीलाई चार देखि पाँच गोल चाहिन्छ । एकदम सजिलो छ, नेपालले गोल गर्न दिन्छ, कुनै समस्या छैन, त्यसैले जाउ अनि गोल गर ।’

हाम्रो सम्पर्कमा आउनु अघि नै नेपाल भ्रष्ट भइसकेको थियो । हामीले उनीहरूसँग मलेसियन एजेन्ट मार्फत सम्पर्क गरेका थियौं र खेलाडीहरू हामीसँग भेट्न पनि आए । नेपाली खेलाडीहरु निकै साना थिए: कोही त अदमिर (उनका अर्का साथी) को कम्मर भन्दा अलिकति मात्र अग्ला थिए । अदमिरले कौतुहलतापुर्वक ती खेलाडीहरुलाई टाउको देखि खुट्टासम्म नियालेर हेरिरहेका थिए ।

‘तिमीहरु फुटबल खेल्छौं ?’ उनले साधे । अदमिर निकै अग्लो र बिशाल देखिन्छन् ।

‘तिमीहरु फुटबलर नै हौं ?’ अदमिरले उनीहरु फुटबल खेल्छन् भनेर बिश्वास नै गरिरहेका थिएनन्ः उनीहरु साच्चिकै साना थिए ।

पेरुमलले लेखेको किताब

हामीले अबु बकारका खेलाडीहरुलाई पहिलो हाफमा गोल नगर्न भनेका थियौं तर खेल शुरु भएको १० मिनेटमै सिएरा लियोन अगाडी बढ्न थाल्यो । उनीहरु गोलकै लागि अगाडी बढिरहेको जस्तो देखिन्थ्यो, म चिन्तित भए । मैले आफैमा सोचे हामीले यिनीहरुलाई यस्तो निर्देशन त दिएका थिएनौं ।

२० औं मिनेटमा शुरुवाती गोल गरेको केही मिनेटमै सिएरा लियोनका एक खेलाडीले रातो कार्ड खादै मैदान छाडे । यिनीहरुले दोश्रो हाफमा मात्रै ४–० ले जित्नु पर्ने थियो र नेपाल गोल खानका लागि पनि तैयार थियो । तर ४० औं मिनेटमा नेपालले पेनाल्टी मार्फत गोल गर्यो र पहिलो हाफ १–१ को बराबरीमा सक्कियो ।

हामीले ‘ह्यान्डिक्याप’ (बेटिङ्गमा गोल अनुसार खेलिने बाजी) र ‘ओभर’ (गोल अन्तरको बाजी) दुवैमा पैसा राखेका थियौं । तर पहिलो ४५ मिनेटमै दुबै टोलीले हाम्रो योजनामा पानी फेर्दिसकेका थिए किनभने सिएरा लियोन १० जनामा झरेको थियो भने नेपालले बराबरी गोल फर्काएको थियो ।

दोश्रो हाफ शुरु भएपछि नेपाली टोलीले सामान्य खेल खेलिरहेका थियो । यस्तो लाग्थ्यो कि उनीहरू सहमत भएका परिणाममा लागिरहेका थिएनन् । तर भाग्यवस हामीसँग प्रतिबद्ध एक नेपाली खेलाडीले राइट ब्याक डिफेन्डरसँग कुरा गरे अनि डिफेन्स केही खुकुलो हुन थाल्यो । त्यसपछि नेपालले सिएरा लियोनको जितको लागि मार्ग प्रशस्त गर्यो । खेल ३–१ ले सिएरा लियोनको पक्षमा सकियो । गोल अनुसारको बाजी (ह्याण्डिक्याप) नजितेपनि गोल अन्तरको बाजी (ओभर) हाम्रो पक्षमा रह्यो । तर पनि मैले खेल पछि अबु बकारलाई नराम्रोसँग झपारे ।

हामीले खेलमा धेरै पैसा त जित्न सकेनौं त्यही कारण मैले अबु र उसको कामदारलाई पैसा दिएको थिइन् । नेपाली खेलाडीहरुले भने पैसा पाएका थिए ।”

विल्सनले लेखेको किताबमा नेपालको नाम आउनु सानो बिषय भने होइन । फिनल्याण्डमा समातिएका विल्सनले अन्य थुप्रै अन्तर्राष्ट्रिय, ओलम्पिक र बिश्वकप छनौटका खेलहरु पनि फिक्स गरेको स्वीकारी सकेका छन् भने उनले आफ्नो किताबमा लेखेको कुर सबै सत्य लेखेको दाबी गर्दै आएका छन् । उनको कुरामा कतिको सत्यता छ त्यो यसमा संलग्नहरुलाई नै थाहा होला ।

मर्डेका कपको नेपाली टोलीः बिकास मल्ल, रितेश थापा, राकेश श्रेष्ठ, चुन बहादुर थापा, सागर थापा, बिकास सिँह क्षेत्री, सुमन सुबेदी, बिराज महर्जन, अञ्जन केसी, रबिन श्रेष्ठ, रञ्जित श्रेष्ठ, सन्दिप राई, भोला सिल्वाल, बिशन गौचन, बिजय गुरुङ, निराजन खड्का, राजु तामाङ, निराजन रायमाझी, जुमानु राई, युगल किशोर राई, अनिल गुरुङ

Click to comment

Trending