Corona Virus

बिश्व नम्बर एक टेनिस खेलाडी जोकोभिचलाई कोरोना भाइरस

Published

on

बिश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई कोरोना भाइरस भएको छ । ग्रिगोर दिमित्रोभ, बोर्ना सिरिच र भिक्टर ट्रोइच्किी सबैले आफूलाई कोरानो पाजिटिभ भएको बताएपछि जोकोभिचलाई पनि कोरोनो संक्रमण भएको हो ।

चारै जना खेलडी भर्खरै जोकोभिचले नै आयोजना गरेको आद्रिया टुर इभेन्टहरुमा सहभागि रहेका थिए । ३३ बर्षिय जोकोभिचले बेलग्रेडमा ट्रोइच्किी सँगै खेलेका थिए । यो समाचारपछि ब्रिटिस नम्बर एक एण्डी मुरेले यो प्रतियोगिता एउटा पाठ भएको बताएका छन् ।

सर्बिया र क्रोएशियामा लकडाउन खुकुलो बनाउदै गर्दा प्रतियोगितामा समान्य दुरी कायम गर्नुपर्ने अनिवार्य गरिएको थिएन । चार जनै खेलाडीले सँगै बास्केटबल खेलेको तस्विर पनि बाहिर आएको थियो भने टेनिसका खेलहरु समापनघि खेलाडीहरुले एक अर्कालाई अंकमाल पनि गरेका थिए ।

“क्रोएशियामा भएको दोश्रो इभेन्टमा सहभागि भएर बेलग्रेड फर्किए पछि जाकोभिचलाई र उनको पुरै परिवार उनीसँग जादारमा रहेको टिमको परिक्षण गरिएको थियो । उनमा कुनै लक्षण देखिएको छैन,” जोकोभिचको वेबसाइटमा लेखिएको छ ।

चार महिना यता देखि अन्तर्राष्ट्रिय टेनिस हुन नसकेपछि जाकोभिचले खेलाडीहरुलाई फिट राख्नका लागि दुई वटा इभेन्ट आयोजना गरेका थिए । बेलग्रेडमा भएको पहिलो इभेन्ट ४ हजारले प्रत्यक्ष हेरेका थिए भने क्रोएशियामा पनि धेरै दर्शकलाई प्रवेश दिइएको थियो ।

दिमित्रोभले आफूलाई कोरोना भएको बताएपछि क्रोएशियाको फाइनल रद्द गरिएको थियो । चारै जना खेलाडीहरु बेलग्रेडको नाइट क्लबमा सँगै नाचिरहेको तस्विरहरु पनि बाहिर आएको थियो । चारै जना माथिल्ले बरियताका खेलाडीहरुलाई कोरोना पोजिटिभ देखिएपछि अब युएस ओपनको पनि समिक्षा हुने तय छ ।

Click to comment

Trending