Headline

‘भारत–पाक क्रिकेट दुश्मनी चाडो भन्दा चाडो शुरु गर्नुपर्छ’

Published

on

पाकिस्तानका भेटेरान अलराउण्डर शोएब मलिकले अहिलेको समयमा संसारले नै भारत र पाकिस्तानबीचको सिरिज चाहिरहेको बताएका छन् ।

बिश्व क्रिकेटका दुई कट्टर प्रतिद्वन्दीले सन् २००७ यता राजनैतिक टकरावका कारण दुई देशीय सिरिज खेलेका छैनन् । उनीहरुले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सि र एसियन क्रिकेट काउन्सिलले आयोजना गरेका प्रतियोगिताहरु मात्र खेल्दै आइरहेका छन् । पछिल्लो पटक इङ्गल्याण्डमा भएको बिश्वकपमा भारतले पाकिस्तानलाई हराएको थियो भने त्यसअघिको एक मात्र भेटमा पाकिस्तान च्याम्पियन्स ट्रफिको फाइनलमा बिजयी भएको थियो ।

केही महिनाअघि पुर्व पाकिस्तानी तिब्र गतिका बलर शोएब अख्तरले पनि कोरोना भाइरस महामारीसँग जुध्नका लागि दुवै देशमा कोष जम्मा गन तीन म्याचको एकदिवसीय श्रृंखला आवश्यक रहेको बताएका थिए । इङ्गल्याण्ड र अष्ट्रेलियाले एसेजबिना टेस्ट क्रिकेट कल्पना गर्न नसक्ने बताउदै मलिकले भारत र पाकिस्तानले पनि अब क्रिकेट सुचारु गर्नुपर्ने बताएका छन् ।

“के एसेज सिरिज बिना अष्ट्रेलिया र इङ्गल्याण्डले टेस्ट क्रिकेट कल्पना गर्न सक्छन् ? एसेजजस्तै भारत र पाकिस्तानबीचको सिरिज पनि एकै प्यासनका साथ खेलिन्छ र यसको इतिहास पनि महान छ । हामी अहिले नखेल्नु लज्जास्पद हो,” मलिकले भने ।

“मेरा पाकिस्तानी साथीहरु छन् जसले भारतीय खेलाडीहरुको कदर गर्नुका साथै उनीहरुको प्रशंसा पनि गर्ने गर्छन् । त्यसरी नै हामीले भारतमा खेल्दा माया र सम्मान पाउने गर्छौं । म भारत र पाकिस्तानबीचको क्रिकेटको दुश्मनी यथाशिघ्र शुरु भएको हेर्न चाहन्छु,” ३८ बर्षिय पुर्व कप्तान मलिकले भने ।

मलिकले अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियाका लागि तय गरिएको ट्वान्टी ट्वान्टी बिश्वकप जित्न पाकिस्तानको लागि राम्रो अवसर रहेको पनि बताएका छन् । यद्दपि कोरोना भाइरसले उत्पन्न स्वास्थ्य संकटका कारण आईसिसिले यसमा अहिलेसम्म निर्णय गरिसकेको भने छैन ।

मलिक अगष्ट देखि सेप्टेम्बरसम्म इङ्गल्याण्डमा हुन गइरहेको तीन टेस्ट र उनी ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि घोषणा गरिएको २९ सदस्यीय पाकिस्तानी टोलीका सदस्य रहेका छन् । “मलाई लाग्छ हाम्रो सम्भावना (ट्वान्टी ट्वान्टी बिश्वकप जित्ने) राम्रो छ । यस्तो प्रतियोगिता जित्नका लागि बलिङ्ग आक्रमण राम्रो हुनु जरुरी छ र हामीसँग त्यो छ । अहिले हाम्रो ब्याटिङ्ग पनि मजबुत भएको छ,” उनले भने ।

Click to comment

Trending