Headline

सिटीको आकाशमाथि ‘ब्ल्याक लाइभ्स म्याटर’ को काउन्टरमा ‘ह्वाइट लाइभ्स म्याटर’

Published

on

इङ्गलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीबिरुद्धको खेलमा समर्थकहरुले ह्वाइट लाइभ्स म्याटर लेखेको ब्यानर प्लेनबाट इतिहाद स्टेडियममाथि बाट लगेपछि बर्नलीले आफू निकै लज्जित भएको बर्नलीले जनाएको छ ।

सोमबार फिल फोडेन र रियाद माह्रेजले दुई–दुई गोल गरेपछि बर्नली ५–० को फराकिलो अन्तरले पराजित भएको थियो । तर सिटीको फराकिलो अन्तरको जित भन्दा पनि आकाशमा उडाइएको ब्यानरले सबैको ध्यानाकर्षण गरेको थियो ।

अमेरिकाको मिनियापोलिस शहरमा मे २५ मा ४६ बर्षिय अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भए यता बिश्वभर नै रँगभेदको बिरोधमा ब्ल्याक लाइभ्स म्याटर नारा फैलिदै आएको छ । यसको समर्थनमा बिश्व खेलकुदका सबै लिग, प्रतियोगिता र खेलाडीहरुले प्रदर्शन गर्दै आइरहेका छन् । सोमबार पनि सिटी र बर्नलीका खेलाडी र स्टाफहरुले यसको समर्थनमा खेल शुरु हुनुअघि घुडा टेकेका थिए ।

“यस्ता समर्थकहरुले फुटबल डिजर्भ गर्दैनन्, बर्नलीका कप्तान बेन मीले भने । “हामी निकै लज्जित भएको छौं । उनीहरु हाम्रो अल्पमतका समर्थकहरु हुन् । हामी यस्तो कार्यलाई कहिल्यै पनि समर्थन गर्दैनौं । हामीलाई आकाशमा हेर्दा यसले निकै नराम्रो असर गरेको थियो ।”

बर्नलीले एक बिज्ञप्ति निकाल्दै उक्त ब्यानरले क्लबको अडानलाई प्रतिबिम्बित नगरेको बतायो । “बर्नली यस्तो घट्नाको घोर भत्सर्ना गर्दछ । हामी प्रिमियर लिग, म्यानचेस्टर सिटी र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनलाई प्रबद्र्धन गर्दै आइरहेकाहरु सँग माफि माग्न चाहन्छौं,” बर्नलीले भनेको छ । “यसमा जिम्मेवारहरुलाई हामी टर्फ मुर (बर्नलीको घरेलु मैदान) मा हामी स्वागत गर्दैनौं ।”

बर्नली र सिटीले आफ्नो जर्सी पछाडी खेलाडीको नामको सट्टा ह्यास ट्याग ह्वाइट लाइभ्स म्याटर लेखेको जर्सी लगाएका थिए । आन्दोलनको समर्थनमा प्रिमियर लिगले कोरोना भाइरसपछि प्रतियोगिता सुचारु हुनुअघि नै यो योजना बनाएको थियो ।

म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डियोलाले ४ सय बर्षदेखि कायम रहदै आएको सामाजिक भेदभाव एकै हप्तामा अन्त्य नहुने भन्दै भनेः “हामी स्थितिलाई परिवर्तन गर्नेछौं । हामीलाई समय चाहिन्छ । रँगभेद अझै पनि छ । हामीले हरेक दिन लड्दै यसको भत्सर्ना गर्न जरुरी छ ।”

Click to comment

Trending