Headline

पिएसजीसँग इतिहास बनाउने नेमारको लक्ष्य

Published

on

ब्राजिलियन सुपरस्टार फरवार्ड नेमारले अगष्टमा च्याम्पिन्स लिग शुरु हुँदा पेरिस सेन्ट जर्माइनसँग इतिहास बनाउने लक्ष्य लिएका छन् ।

सन् २०१७ मा बार्सिलोनाबाट २ सय २२ मिलियन युरोमा सबैभन्दा महँगो फुटबल खेलाडी बन्दै पिएसजी पुगेका नेमारले लिग वानमा आफ्नो खासै छाप छाड्न सकेनन् तर अब उनको लक्ष्य फ्रेन्च टोलीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउने रहेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा बोरुसिया डर्टमन्ड बिरुद्ध नेमारको दुई गोलको मद्धतमा पिएसजीले समग्रतामा ३–२ को जित हात पारेको थियो । त्यस पछि कोरोना भाइरसका कारण च्याम्पियन्स लिग नै स्थगित हुन पुगको थियो । लिग वान पनि रद्द भएपछि पिएसजीले अब च्याम्पियन्स लिग सुचारु हुदा ६ महिना मैदान बाहिर रहेको अवस्थाबाट खेल्नु पर्ने हुन्छ ।

बार्सिलोनाबाट पिएसजी आए पछि नेयमारले लगातार तेश्रो पटक लिग वानको उपाधि हात परेका छन् । त्यसैले पनि उनी एक पटक आफ्नो टोलीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन आतुर रहेका हुन् ।

“पछिल्लो तीन–चार महिना असामान्य तरिकाले बित्यो । तर मेरो लक्ष्य भनेको आफुलाई सुरक्षित राख्नु (कोरोना भाइरसबाट) तथा आफ्नो शरिर र दिमागलाई चुस्त राख्नु रहेको थियो,” नेमारले आफ्नो सामाजिक संजाल मार्फत बताए ।

“म खेलमा फर्कन निकै आतुर छु । अहिले मेरो दिमागमा च्याम्पियन्स लिग मात्र रहेको छ । हाम्रो समुहमा बलियो टोलीहरु रहेका छन् । म अहिले खेलको गर्मीको अभाब महसुस गर्दैछु र कहिले मैदानमा फर्किन पाउँछु भनेर दिन गन्दै बसेको छु । भगवानले चाहे भने हामी च्याम्पियन्स लिग जित्दै इतिहास रच्न चाहन्छौं,” उनले भने ।

Click to comment

Trending