Corona Virus

बुल्गेरियन टेनिस स्टार दिमित्रोभलाई कोरोना

Published

on

बिश्व नम्बर १९ टेनिस खेलाडी ग्रिगोर दिमित्रोभलाई कोरोना भाइरस भएको छ । दिमित्रोभले भर्खरै बिश्व नम्बर १ सर्वियन खेलाडी नोभाक जोकोभिचले आयोजना गरेको आद्रिया टुर इभेन्टका दुई प्रतियोगितामा सहभागि थिए ।

बुल्गेरियन दिमित्रोभले क्रोएशियाको जादारमा भएको दोश्रो प्रतियोगितामा बिरामी भएपछि शनिबार आफ्नो नाम फिर्ता लिएका थिए । उनी पहिलो खेलमा बोर्ना कोरिचसँग पराजित भएका थिए । मैले केही नराम्रो गरेको रैछु भने म माफी माग्न चाहन्छु, दिमित्रोभले भने ।

आइतबार जोकोभिच खेल्ने सम्भावना रहेको फाइनल रद्द गरिएको थियो । बेलग्रेडमा भएको पहिलो प्रतियोगितामा सहभागिता जनाएका दिमित्रोभले आफ्नो इन्स्टाग्राममा लेखेका छन्ः “म मोनाकोमा कोरोना पोजिटिभ देखिएको थिए । पछिल्लो केही दिन मेरो कन्ट्याक्टमा रहनु भएकाहरु सबै जना परिक्षण गराउदै आवश्यक सावधानी अपनाउनु होला । म अहिले घरमा छु र ठीक हुदैछु ।”

जोकोभिचले दुवै प्रतियोगिता कोरोना भाइरसका कारण लामो समयदेखि नखेलेका खेलाडीहरुलाई फिट रहनका लागि आयोजना गरेका थिए । प्रतियोगितामा जोकोभिचसँगै टप टेनमा रहेका एलेक्जेण्डर भेरेभ र डोमिनिक थिएम पनि खेलेका थिए । सर्बियामा भएको प्रतियोगितामा ४ हजार दर्शक थिए भने जादारमा हजारौंले प्रत्यक्ष हेरेका थिए ।

सर्बिया र क्रोएशियाले लकडाउन खुकुलो बनाउदै गर्दा खेलाडीहरुलाई सामाजिक दुरी कायम गर्नै पर्ने बाध्यता थिएन । खेलहरु समाप्त भएपछि खेलाडीहरुले एक अर्कालाई अंकमाल पनि गरेका थिए । प्रतियोगिताो सामाजिक सञ्जालमा दिमित्रोभले जोकोभिच, भेरेभ र मारिन सिलिचसँग बास्केटबल खेलेको तस्विरहरु राखिएको छ ।

Click to comment

Trending