Headline

न्युकासल युनाइटेड बिजयी, सेफिल्डको नराम्रो हार

Published

on

न्युकासल युनाइटेडले इङ्गलिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि ३-० को सहज जित हात पारेको छ ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासलका लागि एलान सेन्ट म्याक्सिन, म्याट रिची र जोलिन्टनले गोल गरेका थिए । जितपछि न्युकासल ३८ अंकका साथ १२ औं स्थानमा उक्लिएको छ भने सेफिल्डले पाचौं स्थानमा जाने मौका गुमाएको छ ।

हाल दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई युरोपमा खेल्न प्रतिबन्ध लागेका कारण पाचौं स्थानको टोलीले पनि च्याम्पियन्स लिगमा प्रवेश पाउने छ । उल्भ्ससँग समान ४६ अंक रहेको म्यानचेस्टर युनाइटेड पाचौं स्थानमा रहेको छ भने सेफिल्डको ४४ अंक छ ।

घरेलु मैदानमा न्युकासलले पहिलो हाफमा सेफिल्डालाई गोलरहित बराबरीमा रोकेको थियो । जोन एगनले दोश्रोे पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि सेफिल्ड १० खेलाडीमा सिमित भएको थियो । त्यसको भरपुर फाइदा न्युकासलले उठाएको थियो । पाँच मिनेटपछि नै सेफिल्डले डिफेन्समा गरेको गल्तीको फाइदा उठाउदै सेन्ट म्याक्सिनले अग्रता दिलाएका थिए ।

रिचीले ६९ र जोलिन्टनले ७८ औं मिनेटमा गोल गर्दा सेफिल्डले नराम्रो हार बेहोर्न पुग्यो । आइतबारको दोश्रो खेलमा चेल्सीले एस्टन भिल्लाको सामना गर्दैछ भने मर्सिसाइड डर्बिमा लिभरपुलले एभर्टनसँग खेल्नेछ । एभर्टनलाई हराएको खण्डमा लिभरपुल प्रिमियल लिग उपाधिबाट एक जित मात्र टाढा रहनेछ ।

Click to comment

Trending