Headline

एट्लेटिको ला लिगाको तेश्रो स्थानमा उक्लियो

Published

on

रियल भालाडोलिडलाई १–० ले हराउदै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेश्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोका लागि एक मात्र गोल भिटोलोले गरेका थिए ।

पहिलो हाफमा कुनै गोल हुन नसकेपछि बराबरीतर्फ अग्रसर खेलमा सब्स्टिच्युट भिटोलोले भालाडोलिडका गोलकिपरले आफ्नो ठाँउ छोडेको मौका उठाउदै खेलको ८१ औं मिनेटमा एट्लेटिकोलाई महन्त्वपूर्ण तीन अंक दिलाएका थिए । एट्लेटिकोले समान ५२ अंक रहेको सेभियालाई गोल अन्तरको आधारमा पछाडी पारेको हो ।

सेभियाले शुक्रबार राति भएको खेलमा शिर्ष स्थानको बार्सिलोनालाई बराबरीमा रोक्दै उपाधि यात्रा रोचक बनाएको थियो । बार्साको ६५ र रियल म्याड्रिडको ६२ अंक रहेको छ भने रियलले एक खेल कम खेलेको छ ।

पाचौं स्थानमा रहेको गेटाफेले आइबारसँग १–१ गोलको बराबरी खेल्यो भने लेभान्तेले इस्पान्योललाई ३–१ ले हराउदै रेलिगेसनको खतरा अझै बढाइदिएको छ । इस्पान्योल मात्र २४ अंक साथ पुछारमा रहेको छ । लेगानेसको पनि २४ अंक रहेको छ भने रेलिगेसन जोनमै रहेको मायोर्काको २६ ।

शनिबारकै अर्को खेलमा एथ्लेटिक बिल्बाओले रियल बेटिसलाई १–० ले हरायो । आइतबार रातिको दुई खेलमा रियलले रियल सोसिडाडसँग खेल्नेछ भने सेभियाले भिलारियालको सामना गर्नेछ ।

Click to comment

Trending