Headline

फ्रान्समा समर्थकहरुले रंगशालामा प्रवेश पाउने

Published

on

फ्रान्सले आगामी महिनाको जुलाई ११ तारिखबाट समर्थकलाई रंगशालामा प्रवेश गर्न दिने भएको छ ।

फ्रान्स सरकारले कोरोना भाइरसका कारण देशमा लागेको विभिन्न प्रतिबन्धहरु हटाउँदै समर्थकलाई रंगशालामा प्रवेश गर्न दिने भएको हो । तर हालको लागि प्रत्येक खेलमा मात्र पाँच हजार समर्थकले रंगशालामा उपस्थित भएर खेल हेर्न पाउनेछन् ।

त्यस्तै हालको लागि पाँच हजार समर्थकलाई मात्र प्रवेश दिने भने पनि अगष्टको दोश्रो सातामा कोरोनाको प्रभाब हेरेर यसको संख्या बढाउन सकिने पनि जनाएको छ । यस अघि लिग वान र लिग टु कोरोनाका कारण अप्रिलमा नै रद्द भएको थियो । अब फ्रेन्च कप र लिग कपमा समर्थकले मैदानमा प्रवेश पाउने भएका छन् ।

फ्रान्स सरकारले यस अघि सेप्टेम्बर सम्म कुनै पनि खेलकुद गतिबिधि शुरु नगर्न खेल संस्थाहरुलाई आदेश दिएको भए पनि अब यो हप्ताबाट खेलकुद गतिबिधि संचालन गर्न दिने भएको छ ।

Click to comment

Trending