Headline

चेल्सीले लिभरपुलकै आँखा अगाडि गरेको ‘टिमो हाइज्याक’

Published

on

चेल्सीले टिमो वेर्नरलाई टोलीमा ल्याउन थुप्रै पसिना बगायो । ट्रन्स्फरको खर्च, एजेन्टको चिया पानी र टिमोले गर्ने सम्झौता सहित चेल्सीले १०२.५ मिलियन पाउण्डको मुल्य चुकायो । ठूलो रकम तिरेको चेल्सीले टिमोबाट के पाउने छ ? वेर्नरलाई लिभरपुलले किन किन्न सकेन ? लामपार्डको टोलीमा वेर्नर कसरी अटाउलान् ?

कहिले नभएको लिभरपुलसँगको सम्झौता

टिमो लामो समयसम्म लिभरपुलसँग जोडिएका थिए । बोरुसिया डर्ट्मण्डका जेडन सान्चोभन्दा पनि धेरै महत्वका साथ हेरिएका टिमोलाई लिभरपुलले आफ्नो बनाउन उनका एजेन्ट र स्वयम टिमोसँगै वार्तामा थियो । स्रोतका अनुसार टिमोले लिभरपुलका व्यवस्थापक योर्गन क्लोपलाई इस्टरको बिदामा भिडियो च्याट मार्फत आफु लिभरपुल आउन चाहेको बताएका थिए ।

त्यही समयदेखि लिभरपुल टिमो भित्राउने गृहकार्यमा लागेको थियो । तर लिभरपुललाई कतै न कतै उनको ४५ मिलियन पाउन्डको ’रिलिज क्लज’ ले मुटुमा चिसो परिसकेको थियो । यद्दपि हिम्मत नहारेको लिभरपुलले आफ्नै अगाडि आफूले खोजेर ल्याएको आहारालाई चेल्सीले उडाएर लगेको हेर्न बाध्य भयो ।

लिभरपुल उनलाई क्लबमा भित्र्याउन चुक्नुको कारण टिमो आफै हुन् । उनले पर्याप्त आर्थिक प्याकेजको माग गर्नुका साथै आफुलाई शुरुवाती एघारका लागि पनि ग्यारेन्टी दिन पनि माग गरेका थिए । यसको लागि उनी लिभरपुलमा सादियो माने र रोबर्टो फर्मिन्होभन्दा उत्कृष्ट हुनु पर्ने थियो । क्लोपको योजना भने वेर्नरलाई बिस्तारै टोलीमा समाहित गर्ने र जनवरीमा माने र मोहम्मद सलाह अफ्रिका कप अफ नेशन्समा खेल्न गएको समयमा शुरुवात गराउने थियो ।

आरबी लाइपजिग लिभरपुलसँग वैकल्पिक स्थानान्तरण व्यवस्थाको बारेमा वार्ता गर्न पनि राजी थिएन । “लिभरपुलले सस्तो वेर्नर खोजेको हो भने उसले केही पाउने छैन,” आरबी लाइपजिगका प्रमुख कार्यकारी ओलिभर मिन्टज्लाफले भनेका थिए । “एक उत्कृष्ट खेलाडी जसको क्लबसँग पहिले नै एक वर्ष भन्दा बढीको सम्झौता थियो उनलाई सस्तो मुल्यमा जान दिन सक्छौ।”

चेल्सीले बढाएको वेर्नरको तलब

गत वर्ष वेर्नरलाई भित्र्याउन बायर्न म्युनिखले पनि चासो देखाएको थियो । तर केही हप्ता पनि नबित्दै बायर्नले चासो देखाउनै छाडिदियो । बायर्न लाइपजिगले वेर्नर माथि लगाएको २२ मिलियन पाउन्डको मुल्यमा सन्तुष्ट देखिएको थिएन । बायर्न पछी हटेको केही बेरमै एट्लेटिको म्याड्रिड पनि वेर्नरलाई पछ्याउन थालेको थियो ।

समर विन्डो शुरु हुनु भन्दा अगाडि वेर्नरले लाइपजिगसँग सम्झौता गरेका थिए । उनीसँगको सम्झौता सकिन लागेको हुनाले लाइपजिगलाई रिलिज क्लज राखेर बेच्ने अवसर थियो । त्यही बेला लिभरपुलले ताकिरहेको वेर्नरलाई हाइज्याक गर्न आयो चेल्सी । स्ट्यामफोर्ड ब्रिजको व्यवस्थापनले उनलाई लाइपजिगमा लिइरहेको भन्दा दुई गुणा बढी, प्रति हप्ता १ लाख ७५ हजार तलब दिने तोक्यो ।

यति मात्र नभएर उनका एजेन्ट कार्ल हाइन्ज फोस्टरलाई १२ मिलियन पाउण्ड खर्च गरेको चेल्सीले उनलाई भित्र्याउन लगभग १०० मिलियन बढी लगानी गरेको छ ।
वेर्नर र फोस्टरले चेल्सीको प्रस्तवलाई नकार्नै सकेनन् । वेर्नरले चेल्सी जाने संकेत सबैलाई दिइसकेका थिए । जब उनले च्याम्पियन्स लिगको क्वार्टर–फाइनलमा पुगिसकेको लाइपजिगको टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए । यो सम्झौता आधिकारिक रूपमा घोषित हुनको लागि धेरै समय लागेको मात्रै हो किनकि चेल्सी भुक्तानी योजनाको बारेमा लाइपजिगसँग वार्तामा गयो र १ सय ४० मिलियन पाउन्ड पर्ने वेर्नरलाई उनीहरुले १०० मिलियन पाउन्डकै खर्चमा भित्र्याउन सफल भएका थिए ।

कसरी हुन्छ वेर्नर–अब्राहम साझेदारी ?

चेल्सीमा वेर्नरलाई फ्रांक लाम्पार्डले कस्तो भुमिकामा खेलाउने छन् भन्ने कुरा अहिल ेनै आंकलन गर्न सकिने अवस्था छैन । मिडियाको अन्तर्वार्ता भन्दा आफ्नो खेलमा ध्यान दिने वेर्नरलाई बहिर पनि त्यति बोल्ने बानी छैन र यो बिषयमा उनी र चेल्सी बहेक कसैलाई थाहा छैन । लाइपजिगमा जुलियन नेगल्सम्यानको नेतृत्वमा उनी जसरी खेल्छन् प्रिमियर उनको लागि त्यो भन्दा फरक त हुने नै छ ।

स्टुटगार्टको युवा टोली देखी नै प्रभावशाली वेर्नरले लेफ्ट विङबाट आफ्नो करियर शुरु गरेका थिए । उनलाई त्यही बेला देखि नै लेफ्ट विङमा खेल्दै बिस्तारै सेन्टर फर्वार्डको भुमिकामा जाने गर्दथे । र उनको त्यही खेल देखी नै जर्मन प्रशिक्षक योआकिम लोले राष्ट्रिय टोलीमा त्यही भुमिकामा खेलाउदै आएका छन् ।

२०१९ मा लाइपजिग आउँदा उनलाई कहिले काही आक्रमक मिडफिल्डरको रुपमा पनि प्रस्तुत गर्ने गरेका नागेल्स्म्यानले नै वेर्नरलाई गोल गर्न सक्ने खेलाडीको पहिचान दिएका थिए । त्यही कारणउनले यो सिजनको ३२ खेलमा २६ गोल र ८ असिस्ट दिएका छन् । उनलाई चेल्सीमा पनि ४–४–२ वा अगाडि तीन फर्वार्ड भएको फर्मेसनमा ट्यामी आब्रहमको छेउमा खेलाउदा लाम्पार्डले धेरै सोच्नु पर्ने देखिदैन ।

तर टिमो को योगदानले ब्लुजलाई उपाधि दावेदार बनाउने हो कि हैन त्यो भने समयले बताउने छ ।

Click to comment

Trending