Headline

बङ्गलादेशका पुर्व कप्तान मसरफे मोर्तजालाई पनि कोरोना भाइरस

Published

on

बङ्गलादेशका पुर्व कप्तान मसरफे मोर्तजा कोरोना भाइरसको शिकार हुने तेश्रो ठूलो क्रिकेटर भएका छन् ।

मोर्तजालाई कोरोना भाइरस भएको उनको भाइ मोर्सलिन बिन मोर्तजाले पुष्टि गरेको बङ्गलादेशी मिडियाले लेखेका छन् । यसअघि पुर्व पाकिस्तान कप्तान शहीद अफ्रिदी र अर्का पाकिस्तानी क्रिकेटर तौफिक ओमारलाई पनि कोरोना भाइरस भएको थियो ।

बिहिबार राति मोर्तजालाई उच्च तापमान रहेको र परिक्षण गर्दा कोरोना भाइरस पोजिटिभ पाइएको उनका भाइले बताए । पोजिटिभ देखिएपछि मोर्तजा अहिले सेल्फ आइसोलेसनमा बसिरहेका छन् । “दाईलाई दुई दिन देखि तिब्र ज्वरो आइरहेको थियो । हामीले शुक्रबार कोरोना परिक्षण गरेको थियों र आज (शनिबार) कोरोना पोजिटिभ देखिएको हो,” उनका भाइले भने ।

अर्को एक मिडिया रिपोर्टले अहिले मोर्तजाको अवस्था ठिक रहेको र उनको परिवर पनि सकुशल रहेको बताएको छ । यसअघि अर्का बङ्गलादेशी ओपनर तमिम इक्बालका भाइ नफिजलाई पनि कोरोना भाइरस भएको थियो ।

अफ्रिदीले केही दिन अघि एउटा फेसबुक भिडियो पोस्ट गर्दै आफू कोरोनासँगको युद्धमा ठिक भइरहेको बताएका थिए । अफ्रिदीले कोरोना लाग्दैमा आत्ति नहाल्न पनि अपिल गरेका छन् ।

Click to comment

Trending