Headline

म्यानचेस्टर सिटी छोड्दै लिरोय साने

Published

on

म्यानचेस्टर सिटीले दिएको नयाँ सम्झौता अस्विकार गर्दै जर्मन फर्वार्ड लिरोय साने इङ्गलिस प्रिमियर लिग छाड्ने पक्का भएको छ ।

व्यवस्थापक पेप ग्वाडियोलाले पनि सानेले सिटी छोड्न लागेको स्विकारेका छन् । २४ बर्षिय सानेलाई धेरै बर्ष देखी बुन्डेसलिगा च्याम्पियान बायर्न म्युनिकले आँखा लगाउदै आइरहेको छ । सिटीले बेच्न नमाने पनि सानेले आफै क्लब छोड्न चाहेको बताएका थिए ।

साने सिजनकै पहिलो खेल कम्युनिटी सिल्डमा लिगामेन्टको चोटका कारण घाइते हुँदै आजको दिन सम्म पनि मैदान प्रवेश गरेका छैनन् । त्यही फाईदा उठाउदै बायर्नले अगष्टमा सानेलाई किन्ने प्रस्ताव राखेको थियो।

चोटलागे पनि बायर्नले उनलाई किन्दै आफै उपचार गराउने पनि हल्ला चल्दै आएको थियो । सिटीले सानेलाई २०२१ जुलाई सम्मको सम्झौता गराउने प्रयास गरे पनि उनले त्यो प्रस्ताव मानेका थिएनन् । ग्वार्डियोलाले पनि सानेले आउने ट्रासफर विन्डोमा म्यानचेस्टर छोड्न लागेको बताए।

“सानेले क्लब छोड्न मन लागेको बताएका छन् तर यो मुभ यही ट्रन्स्फर विन्डोमा सम्भव हुन्छ कि उसको सम्झौता सकिने विन्डोमा भन्न सकिदैन,” उनले भने । ग्वार्डियोलाका अनुसार उनले सानेलाई धेरै चोटि सम्झाउदा पनि क्लब छोड्ने निणर्यमा पुगेका थिए ।

“क्लबले मलाई सानेलाई सम्झौताको लागि सम्झाउन भने पछि मैले उनलाई बुझाउने प्रयास गरे पनि उनी क्लब छोड्ने मनस्थितीमा पुगिसकेका कारण नयाँ सम्झौतामा हस्ताक्षर गरेनन्,” उनले भने । “म निकै निराश छु, ग्वार्डियोलाले थपे । हामीले धेरै प्रयास गरे पनि उनलाई राख्न सकेनौ । उनी निकै प्रतिभावान खेलाडी हुन् । म उनले यो क्लब छोडेको हेर्न सक्दिन ।”

Click to comment

Trending