Headline

रोनाल्डो भन्दा मेस्सीले छोड्दा ला लिगालाई घाटाः अध्यक्ष टेबास

Published

on

स्पेनिस ला लिगाका अध्यक्ष जाभियर टेबासले अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई स्पेनिस लिग नछोड्न बिन्ती गरेका छन् ।

टेबासका अनुसार मेस्सीले ला लिगा छोड्ने हो भने क्रिष्चियानो रोनाल्डोको बहिरगमनले भन्दा धेरै चोट पुर्याउने छ । ३२ बर्षिय मेस्सीको बार्सिलोनामा अब आउने विन्डो सम्म मात्र सम्झौता रहेको छ । यदी उनले बर्सिलोनाले दिने नयाँ सम्झौता पत्रमा हस्तक्षर नगर्ने हो भने उनी स्वतन्त्र एजेन्ट मार्फत अन्य क्लबसँग वार्तामा जान सक्छन र ला लिगा नै छोड्न सक्नेछन् ।

५७ बर्षिय टेबास पनि मेस्सी ला लिगामै बसिरहुन् भन्ने चाहन्छन् । टेबासले मेस्सी स्पेनिस फुटबलका आइकन भएको र उनलाई ला लिगामा खेलिरहन पनि अनुरोध गरेका छन् । टेबासले रोनाल्डोले २०१८ मा ला लिगा छोडेको भन्दा मेस्सीले छोड्दा धेरै दुख लाग्ने बताए ।

उनले एक अन्तर्वातामा कुरा गर्दै भनेः “रोनाल्डोको प्रस्थानले रियल म्याड्रिडलाई धेरै दुखी बनाए पनि ला लिगालाई धेरै असर परेन किन कि उनी पहिले नै एक ब्राण्ड भईसकेका थिए । तर मेस्सीको केस भने यहाँ छुट्टै छ । मेस्सी खेल्नु नै ला लिगा आफैमा भाग्यमानी हुनु हो । तर तपाईंहरुले मेस्सीलाई याद गर्नु भएको छ भने उनी ला लिगामा बस्न नचाहेको जस्तो देखिन्छ ।”

मेस्सीको प्रस्थानले ला लिगामा ठूलै उलटफेर, जस्तै प्रशारण अधिकार रकमम कटौति, भने नहुने टेबास मान्छन् । टेबासले मेस्सीको समर्थन गरेको यो पहिलो पटक भने होइन । गत सेम्टेम्बरमा मात्र उनले मेस्सीलाई रोनल्डोसँग दाज्दै बार्सिलोना फर्वार्ड ला लिगा ईतिहासकै उत्कृष्ट खेलाडी भएको दाबी गरेका थिए ।

Click to comment

Trending