Headline

श्रीलंकाले २०११ को बिश्वकप फाइनलको अनुसन्धान थाल्यो

Published

on

श्रीलंकाको खेलकुद मन्त्रालयले २०११ को बिश्वकप फाइनलमा पुर्व मन्त्रीले लगाएको म्याच फिक्सिडङ्गको आरोपबारे अनुसन्धान शुरु गरेको छ ।

२०१० देखि २०१५ सम्म खेलकुद मन्त्री रहेका माहिन्दानन्दा अलुथागामागेले श्रीलंकाले भारतलाई बिश्वकप फाइनल बेचेको आरोप लगाउदै आएका छन् भने जुलाई, २०१७ मा १९९६ का बिश्वकप बिजेता कप्तान अर्जुना रणतुँगाले पनि उक्त फाइनल शंकास्पद रहेको र अनुसन्धान गरिनु पर्ने बताउदै आएका छन् ।

फाइनलमा श्रीलंका भारतसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकाको त्यो लगातार दोश्रो बिश्वकप फाइनल पनि रहेको थियो । श्रीलंकन खेलकुद मन्त्रालयको बिशेष अनुसन्धान युनिटले यसको अनुसन्धान गर्ने भएको हो ।

खेलकुद मन्त्रालयका सचिव केडिएस रुवान्चन्द्रले डेलि मिरर पत्रिकालाई जानकारी दिदै भनेः “खेलकुद मन्त्री डुलास आलाहाप्पेरुमाले निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न निदेर्शन दिएका छन् ।”

हाल उर्जा राज्य मन्त्री रहेका अलुथगामागेले म्याच फिक्सिङ्गको दावी गरिरहदा त्यो समय श्रीलंकन टोलीको नेतृत्व गरेका कुमार साँगाकार र अर्का लिजेण्ड व्याट्स्म्यान माहेला जयावद्र्धनेले सबुत माग गरिरहेका थिए । साँगाकाराले अलुथगामागेलाई सबुतसहित आईसिसिलाई बुझाउदै छानबिनमा मद्दत गर्दा राम्रो हुने पनि बताएका थिए ।

अलुथगामागेले खेलाडीहरु सामेल नरहेपनि केही मानिसहरुले बिश्वकप फाइनलमा फिक्सिङ्ग गरेको आरोप लगाएका छन् । भारतीय खेलाडीहरुले भने यसलाई नकार्दै आइरहेका छन् ।

Click to comment

Trending