Headline

युरोपियन राउण्ड–अपः बार्सा रोकिदा ला लिगाको उपाधि दौड रोचक, युनाइटेड बच्यो

Published

on

सेभियाले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेपछि स्पेनिस ला लिगको उपाधि दौड रोमाञ्चक बनेको छ ।

अवे खेलमा करिअरको ७ सयौं गोलको पर्खाइमा रहेका लियोनल मेस्सीले गरेको प्रहार पहिलो हाफका दौरान बारमा लागेर फर्किएको थियो । मेस्सी अब जुन २३ मा हुने एथ्लेटिक बिल्बाओबिरुद्धको खेलको पर्खाइमा हुनेछन् ।

दोश्रो स्थानको रियल म्याड्रिडले आइतबारको खेलमा रियल सोसिडाडलाई हराउन सके अंकमा बराबर गर्नेछ । बार्साको ६५ र रियलको ६२ अंक रहेको छ । तेश्रो स्थानको सेभियाको ५२ र एट्लेटिको म्याड्रिडको ४९ भने पाचौं स्थानमा रहेको ४७ । सेभियाको मजबुत डिफेन्सले बार्सिलोनालाइै हैरान पारेको थियो । उसका लागि लुकास ओकाम्पोसले गरेको प्रहार पनि बारमा लागेर फर्किएको थियो ।

शुक्रबार राति नै भएका अन्य खेलमा पछारको लेगानेसले अर्को रेलिगेसन जोनमा रहेको टोली मायोर्कालाई बराबरी रोक्यो भने भिलारियालले ग्रानडालाई १–० ले हरायो ।

पोग्बाको पुनरागमन महत्वपूर्ण

पउल पोग्बा इङ्गलिस प्रिमियर लिगमा डिसेम्बर २६ पछि पहिलो पटक फर्कदै पेनाल्टी जित्न सकेपछि म्यानचेस्टर युनाईटेड टोटन्ह्याम हटस्पटरसँग १–१ को बराबरी गर्दै महत्वपूर्ण अंक लिन सफल भएको छ ।

शल्यकृया आवश्यक रहेको गोलगाठोको चोटका करण ६ महिना मैदान बाहिर रहेका पोग्बा दोश्रो हाफमा सब्स्टिच्युटको रुपमा आएका थिए । स्टेभन बर्गविनले पहिलो हाफमा गोल गरेपछि स्पर्सले अग्रता बनाएको थियो । पोग्बाले मैदान उत्रने बित्तिकै खेलमा प्रभाव पार्न थाले भने बक्सभित्र एरिक डायरले लडाएपछि पेनाल्टी युनाइटेडका लागि पेनाल्टी जितेका थिए ।

ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण बराबरी दिलाएका थिए । युनाइटेड ४६ अंक सहित पाचौं स्थानमा कायम रहेको छ भने म्यानचेस्टर सिटीलाई युरोपियन ब्यान लागेका कारण च्याम्पियन्स लिग प्रवेशका लागि यो स्थान पर्याप्त हुनेछ । स्पर्स आठौं स्थानमा रहेको छ ।

अर्को खेलमा साउथ्याम्पटनले ड्यानी इङ्ग्सको दुई गोलको मद्दतमा नर्विच सिटीलाई ३–० ले हरायो । साउथ्याम्पटन १३ औं र नर्विच पुछारमै कायम रहेको छ ।

Click to comment

Trending