Headline

फ्रेन्च ओपन सेप्टेम्बर अन्त्यबाट सुरु हुने 

Published

on

फ्रेन्च ओपन टेनिस प्रतियोगिता आगामी सेप्टेम्बर २७ तारिखबाट सुरु हुने भएको छ ।

अघिल्लो बर्षहरु मे – जुनमा हुने गरेको प्रतियोगिता कोरोना भाइरसका कारण यस पटक समयमा हुन सकेको थिएन । फ्रेन्च टेनिस संघले रोल्यान्ड ग्यारोस यस बर्ष सेप्टेम्बर २७ तारिखबाट सुरु हुँदै अक्टोबर ११ तारिखमा सकिने छ । फ्रेन्च ओपनको लागि हुने छनोट खेल पनि मुख्य तालिका भन्दा एक हप्ता अगाडी मात्र सुरु हुनेछ ।

कोरोनाका नै कारण दोश्रो विश्व युद्ध पछि पहिलो पटक विम्बल्डन पनि यस बर्षका लागि रद्द भएको थियो ।

यस अघि फ्रेन्च टेनिसका प्रमुख बर्नार्ड जुडिसेलीले एक मात्र क्ले कोर्ट ग्रान्ड स्ल्याम कोरोना भाइरसका कारण सामाजिक दुरी कायम राख्न पर्ने नियम अँगाल्दै दर्शकको उपस्थितीमा खेल खेलाइने ठोकुवा गरेका थिए ।

त्यस्तै अमेरिकामा आयोजना हुने युएस ओपन पनि तोकिएकै समय अर्थात अगस्ट ३१ बाट सुरु हुनेछ भने एटिपी र डब्लुटिएले पनि यस बर्ष रोकिएका प्रतियोगिताको मिति सार्वजनिक गर्न थालेको छ । एटिपी अगस्ट १४ तारिखबाट वासिंग्टनबाट तथा डब्लुटिए अगस्त तीनबाट पलेर्मो, इटालीबाट सुरु हुनेछ ।

Click to comment

Trending