अन्तर्राष्ट्रिय

अफगानिस्तान एसिया कप जित्न सक्षम छ : कप्तान अफगान 

Published

on

अफगानिस्तानका कप्तान अस्गर अफगानले आफ्नो टोली एसिया कपका लागि तयार रहेको र आगामी संस्करणको ट्वान्टी ट्वान्टी एसिया कप जित्न सक्षम रहेको धारणा ब्यक्त गरेका छन् ।

आफ्नो टोलीमा विश्व स्तरिय स्पिनरहरु रहेका कारणले गर्दा पनि पाकिस्तान, श्रीलंका र भारत जस्ता बलियो टोलीलाई पछार्दै अफगानिस्तानले एसिया कप जित्न सक्ने उनी बताउँछन् ।

हाल अफगानिस्तान क्रिकेट टोली एक महिने लामो बन्द प्रशिक्षणमा रहेको छ । यहि सेप्टेम्बरमा आयोजना हुने एसिया कप तथा अक्टोबर नोभेम्बरमा आयोजना हुने ट्वान्टी ट्वान्टी एसिया कपलाई लक्षित गर्दै अफगानिस्तान टोलीले यहि जुन छ तारिखबाट प्रशिक्षण सुरु गरेको हो । तर कोरोना भाइरसका कारण दुबै प्रतियोगिताको भबिष्य अन्यौलमा रहेको छ ।

अफगानिस्तान टोली दुई देश बीच अथवा दुई भन्दा बढी देश सम्मिलित प्रतियोगिता खेल्नका लागि पनि प्रयत्नरत रहेको पनि अफगानले जनाए । त्यस्तै आफ्नो टोलीको बारेमा उनले यसो भने, ‘हामीले अहिलेको प्रशिक्षणमा धेरै जसो ट्वान्टी ट्वान्टी खेल्ने खेलाडीहरुलाई सामेल गरेका छौं । हामी एसिया कप, विश्वका तथा जिम्बाब्वेको भ्रमण समयमा नै होस् भन्ने आशा गर्दैछौं ।’

‘एसियामा स्पिनरहरु हाबी हुन्छन् र हाम्रो स्पिनरहरु पनि विश्व स्तरिय छन् । त्यसैले गर्दा पनि हामीले एसिया कपमा राम्रो खेल्ने लक्ष्य लिएका छौं । हाम्रो अहिलेको प्राथमिकता भनेको ब्याटिंङ र फिल्डिङ रहेको छ । यो दुईवटामा हामीले राम्रो गर्न सकेको खण्डमा एसिया कप नै पनि जित्ने सक्ने क्षमता राख्दछौं ।’

Click to comment

Trending