Headline

बेन्जेमा रियलका पाचौं सर्वाधिक गोलकर्ता

Published

on

करिम बेन्जेमाले क्लबको सर्वाधिक पाचौं गोलकर्ता बनेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै शिर्ष स्थानको बार्सिलोनासँग दुरी छोट्याएको छ ।

बेन्जेमाले दुई गोल गर्दा उनले फेसेन्ज पुस्कासको गोलसंख्यालाई उछिनेका हुन् । ३२ बर्षिय फ्रेञ्च फर्वार्ड बेन्जेमाले रियलका लागि २ सय ४३ गोल गरिसकेका छन् । होम खेलमा एडेन हजार्डले दिएको पासलाई गोलमा परिणत गर्दै बेन्जेमाले रियललाई ६९ औं मिनेटमा अग्रता दिलाएका थिए ।

पाँच मिनेटपछि नै सब्स्टिच्युट मार्को एसेन्सियोले मैदान छिरेपछिको आफ्नो पहिलो टचमै गोल गर्दा रियलले २–० को अग्रता बनाएको थियो । ८६ औं मिनेटमा उत्कृष्ट भलिमार्फत दर्शनीय गोल गर्दै बेन्जेमाले रियललाई सहज जित दिलाएका थिए । दोश्रो गोल यति दर्शनीय थियो कि प्रशिक्षक जिनेदिन जिदानले समेत आश्चर्य मान्दै हात आफ्नो टाउकोमा राख्दै हासेका थिए । एसेन्सियोले नै दौश्रो गोलका लागि असिस्ट गरेका थिए ।

घुँडाको चोटका कारण सिजनको धेरै खेल गुमाएको एसेन्सियोले पनि फेल्र्याण्ड मेन्डीको क्रसमा भलिमार्फत गोल गरेका थिए । तर बेन्जेमाको भलि भने गोल अफ द सिजनको दाबेदार नै बन्न पुगेको छ । भ्यालेन्सियका लागि रोद्रिगोले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रिमार्फत त्यसलाई अफसाइड दिइएको थियो ।

अंक तालिकामा रियलको ६२ र बार्सिलोनाको ६४ अंक रहेको छ । भ्यालेन्सिया ४३ अंकका साथ आठौं स्थानमा रहेको छ । अर्को खेलमा आल्भेसले रियल सोसिडाडलाई २–० ले हरायो । आल्भेस १२ औं र सोसिडाड छैटौं स्थानमा रहेको छ । ला लिगमा २९ चरणका खेलहरु समाप्त भइसकेका छन् ।

Click to comment

Trending