Headline

बार्साका नयाँ १७ बर्षिय स्टार अंशु फातीबारे ७ रोचक तथ्य

Published

on

बार्सिलोना २०१९ को अगष्टमा रियल बेटिससँग खेल्दै थियो । बार्सिलोना त्यो समय निकै कठिन स्थितीमा थियो । स्टार खेलाडी मेस्सी र सधैं झै घाइते भईरहने औसमाने डेम्बेले खेलका लागि फिट थिएनन् । पहिलो स्थानमा उक्लन महत्वपूर्ण रहेको खेलमा बार्सा ५–२ ले बिजयी भयो ।

तर खेलमा जितको भन्दा बढी चर्चा अंशु फातीको थियो । १६ बर्षिय उनले खेलमा ठूलै प्रभाव जमाएका थिए । बार्सिलोनाले एउटा नयाँ स्टार जन्माएकोमा उ ढुक्क देखियो । धेरै क्लबले प्रशस्तै रकम तिर्न तयार भए पनि फातीले बार्सिलोना रोजे र क्याटल क्लबले पनि फातीको साथ छोडेको छैन ।

फातिले लामै उतार चढावपछि अहिले बार्सिलोनाको प्लेयिङ्ग ११ मा पर्ने मिहिनेत गरेका छ्न् । स्पेनिस ला लिगा सुचारु हुदा लेगानेसलाई बार्साले २–० ले हराएको खेलमा फातीले नै पहिलो गोल गरेका थिए । उनको बारे केही रोचक तथ्य हामीले यहाँ लिएर आएका छौं ।

१) बार्सिलोनाका लागि खेल्ने दोस्रो कान्छा खेलाडी

यो सिजन धेरै खेलाडी चोटका कारण खेल्न नसक्ने भएपछि तत्कालिन प्रशिक्षक अर्नेस्टो भाल्भर्डेसँग क्लबको एकेडेमीका खेलाडी हेर्नु बाहेक अन्य बिकल्प थिएन । फाती भाग्यमानी निस्किए र कलिलो उमेरमै बर्सिलोनामा डेब्यु गरे । १६ बर्ष ९ महिना र २५ दिन को उमेरमा डेब्यु गरेका उनी बार्सिलोनाको इतिहासमै सबैभन्दा कान्छो उमेरमा डेब्यु गर्ने दोस्रो खेलाडी बन्न पुगे ।

२) रियल म्याड्रिडले आकर्षित गर्न नसकेका फाती

बार्सिलोना फ्यान भएपछि आफ्नो क्लबलाई माया गर्ने उत्तम तरिका के होला ? त्यो सजिलो छ, मात्र रियल म्याड्रिडलाई अस्वीकार गरे पुग्छ । फातीले पनि त्यही गरे । फतीका पिताले उनलाई ९ बर्षको उमेरमा रियल लाने कुरा गरेका थिए । तर फातीले भने आफु बर्सिलोनामा खेल्ने चाहना रहेको भन्दै रियाल जाने प्रस्तव नकारेका थिए । ६ बर्षको उमेरमा परिवारसँगै गिनी बिसौबाट स्पेन आएका उनी ९ बर्षको उमेरदेखि नै बार्सिलोनाको युथ एकेडेमीमा प्रशिक्षण गर्दथे ।

३) लडेर सम्हालिएका जुझारु खेलाडी

फातीले एक समयमा उनको भविष्य अन्धकार भएको सोचीसकेका थिए । उनको सम्झौता पनि सकिसकेको थियो र क्लबहिन हुने डर थियो । उनका पिता र उनलाई नयाँ क्लब खोज्ने बाहेक अन्य उपाय थिएन । तर त्यही समयमा बार्सिलोनाले उनलाई पहिलो टोलीमा समावेश गर्दै नयाँ सम्झौता दियो । म्यानचेस्टर युनाइटेड, बोरुसिया डर्टमण्ड र न्युक्यासल युनाइटेडले आँखा लगाएको फातीले बर्सिलोना छोडेनन् र अन्तिममा त्यही क्लबको पहिलो टोलीमा खेलेरै छाडे।

४) परिवारको अनुमती प्राथमिकता

पहिलो टोलीमा पहिलो खेल खेल्नु फातीको जीवनकै उत्कृष्ट क्षण मध्येको एक हुन सक्ला । तर बार्सिलोनालाई भने उनलाई पहिलो खेल खेलाउन उनका परिवारको अनुमती चाहिएको थियो । ला लिगाको नियम अनुसार १८ बर्ष नपुगेका युवाले आफ्नो परिवारको अनुमती बिना रात्रीकालीन खेलहरु खेल्न पाउने छैनन् र त्यही कारण बार्सिलोना उनका परिवारसँग अनुमती लिना पुगेको थियो । बार्सिलोनाबाट खेल्न पाउदा कुन परिवारले नाइ भन्ला र ?

५) खुट्टा भाच्चिए पनि गति बटुल्न सफल

फातीले आफ्नो युवा खेल जीवनमा धेरै चोट भोगे र सबैभन्दा पिडादायी क्षण उनको खुट्टा भाचिदा थियो । २०१५ को डिसेम्बरमा युथ लिग खेल्दै इस्पान्योल डिफेन्डरसँग बल खोस्ने क्रममा नराम्रो ट्याकल खाएका फातीले आफ्नो दाँया खुटाको टिबिया र फेबुला भाच्न पुगे । उनको खुट्टा नाजुक समयमा भचिन पुग्यो । बार्सिलोनालाई ट्रन्स्फरमा प्रतिबन्ध लागेको समय भाचिचएको उनको खुट्टाले एक बर्ष जस्तो मैदान प्रवेश गर्न पाएन । उनको खुट्टा नभाच्चिएको भए उनले अझै कलिलो उमेरमै बर्सिलोना डेब्यु गर्न सक्थे ।

६) यस्तो लाग्छ उनी प्रहार मात्र गर्छन

फातीले बार्सिलोनाको युवा टोलीमा डेब्यु गरेकै बर्ष २९ खेलमा ५६ गोल गर्न सफल भए । उनी एक उत्कृष्ट गोलकर्ता हुनु भन्न यही तथ्यांक पर्याप्त छ । उनी निकै नै धेरै संख्यामा पोस्टमा प्रहार गर्ने खेलाडी पर्छन् । कसै–कसैले फातिलाई उनी मैदानमा स्वार्थि भएको भन्दै आलोचना गर्ने पनि गरका छन् । किन भने उनी पास भन्दा पनि फितलो प्रहार गर्ने गर्छन् । उनी निकै आक्रमक खेल्छन् । तर बार्सिलोना भने उनको गोल गर्ने क्षमता प्रति निकै खुशी छ । समय बित्दै जादा उनीमा परिवर्तन आउने अपेक्षा पनि गरिएको छ ।

७) राम्रो पास मन पराउने फाती

असाधारण अवस्थामा पनि फाती मैदान भरी पास लिन कुदिरहेका हुन्छन् । विङ्गरको भुमिकाको रुपमा खेल्ने गरेका फाती अक्रमक मिडफिल्डरको रुपमा पनि मैदानमा प्रभाव पार्न सक्ने खेलाडी हुन् । उनको पासिङ्ग स्किल निकै उत्कृष्ट छ । बार्सिलोनाको खेल्ने शैलिले पनि फातीमा निकै राम्रो प्रभाव पारेको छ । उनी निकै राम्रो गतिका साथ बल लिएर बिपक्षीको पोस्टमा पनि जान सक्छन् । मैदानमा केही राम्रो मुभ बनाएर कुदिरहेको समयमा उनलाई रोक्ने युवा खेलाडीहरु नै निकै कम हुने गर्छन् ।

Click to comment

Trending