Corona Virus

पहिलो २–३ दिन गाह्रो भयो, अहिले म ठीक हुदैछुः शहीद अफ्रिदी

Published

on

कोरोना भाइरसको संंक्रमण लागेका पुर्व पाकिस्तानी कप्तान शहीद अफ्रिदीले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् ।

अफ्रिदीले गत हप्ता ट्विटर मार्फत आफूलाई कोरोना भाइरस भएको बताएका थिए । नयाँ फेसबुक भिडियो पोस्ट गर्दै अफ्रिदीले भनेका छन्ः “पछिल्लो केही दिन यता सामाजिक सञ्चालमा मेरो स्वास्थ्यको बिषयमा कुरा भइरहेकोले मलाई यो भिडियो बनाउन मन लागेको थियो । शुरुको दुई–तीन दिन मेरो लागि निकै गाह्रो भएको थियो तर अहिले मेरो अवस्था सुध्रिदै आएको छ ।”

“सबैभन्दा ठूलो समस्या भनेको म मेरो आफ्नो बच्चाहरुको ख्याल गर्न सकिरहेको छैन र उनीहरुलाई अंकमाल गर्न सकिरहेको छैन । म मेरो बच्चाहरु मिस गरिरहेको छु । तर यस्तो समयमा आफन्तहरुलाई नै सुरक्षित राख्नका लागि मैले सतर्कता अपनाउदै सामाजिक दुरी कायम गर्न आवश्यक छ,” अफ्रिदीले भने ।

कोरोना लाग्यो भन्दैमा आत्तिहाल्नु हुदैन । जबसम्म तपाई रोगसँग लड्नु हुदैन तब सम्म यसलाई हराउन सकिदैन, आफ्ना समर्थकहरुलाई सतर्कता अपनाउन सुझाव दिदै उनले थपे ।

परोपकारी कार्यहरुका लागि लामो समयदेखि पाकिस्तानभित्रै यात्रा गरिरहेकाले अफ्रिदी आफैले आफू कोरोनाको संक्रमणमा पर्ने खतरामा रहेको पनि बताए । धन्न मलाई धेरै ढिलो मात्र कोरोना देखियो नत्र म यत्रो ठूलो संख्यामा मानिसहरुलाई मद्दत गर्ने सक्दिन थिए । पाकिस्तान भित्र र बाहिर धेरै मानिसहरु मेरो लागि प्रार्थना गरेर बसिरहेका छन् भन्ने थाहा पाउदा मलाई निकै खुशी लागेको छ, उनले भने ।

अफ्रिदीले महामारीको समयमा गरिब र असहाय मानिसहरुलाई पनि सहयोग गर्न अपिल गरेका थिए । यसअघि भारतीय पुर्व क्रिकेटर तथा सांसद गौतम गम्भिरले पनि अफ्रिदीलाई कोरोनाबाट मुक्त हुन सन्देश दिएका थिए ।

“यो भाइरसबाट कोही पनि संक्रमित हुनु हुदैन । मेरो अफ्रिदीसँग राजनैतिक मदभेद रहेको छ तर उनी चाडै निको हुन भन्ने म चाहन्छु । अफ्रिदीमात्रै होइन म भारतमा पनि संक्रमितहरु ठीक भएर चाडै फर्किउन भन्ने चाहन्छु,” गम्भिरले भनेका थिए ।

गम्भिर र अफ्रिदीबीच लामै समयदेखि काश्मिरको मुद्दामा सामाजिक सञ्जाल युद्द चल्दै आइरहेको छ । यसलाई अन्त्य गर्नका लागि पुर्व पाकिस्तानी कप्तान तथा फास्ट बलिङ्ग लिजेण्ड वकार युनिसले पनि दुवैलाई आग्रह गरेका थिए ।

Click to comment

Trending