Headline

रोनाल्डोले आफ्नो खेल जीवनको अन्त्य अमेरिकामा गर्ने

Published

on

स्टार फुटबलर क्रिष्चियानो रोनाल्डोले पनि आफ्नो खेल जीवनको अन्त्य अमेरिकन टप डिभिजन फुटबल मेजर लिग सकर (एमएलएस) बाट गर्ने भएका छन् ।

रोनाल्डोले आफैले भने यस बिषयमा आधिकारिक रुपमा बताएका भने होइनन् । रोनाल्डोका पोर्चुगल र पुर्व म्यानचेस्टर युनाइटेडका साथी नानीले उनी अमेरिकामा खेल्ने खुलाशा गरेका हुन् । नानीका अनुसार रोनाल्डोले केहि समय अघि उनलाई आफ्नो खेल जीवनको अन्त्य एमएलएसबाट गर्ने इच्छा ब्यक्त गरेको बताएका हुन् ।

इङ्गल्यान्डका पुर्व कप्तान डेभिड बेक्ह्याम, वेन रुनी, स्विडेनका ज्लाटान इब्राहिमोबिच, फ्रान्सका थियरी हेन्री र स्पेनका डेभिड भिल्ला जस्ता चर्चित फुटबलरहरुले पनि एमएलएसमा खेलेका थिए ।

एमएलएस टोली ओर्लान्डो सिटी सकर क्लबका विंगर नानीले दुई बर्ष पहिले रोनाल्डोले एमएलएसमा खेल्ने बताएको जनाए । उनले भनेः “दुई बर्ष पहिले रोनाल्डोले आफ्नो खेल जीवनको अन्त्य अमेरिकामा गर्ने मलाई बताएका थिए । सम्भवत यो शत प्रतिशत हो । किनकी त्यहा खेल्ने उनको सम्भावना उच्च छ ।”

त्यस्तै एमएलएस टोली इन्टर मायामीका मालिक तथा फुटबलर बेक्ह्यामले पनि आफ्नो क्लबमा ३५ बर्षिय रोनाल्डो र ३२ बर्षिय लियोनेल मेस्सी जस्ता खेलाडीलाई पनि एमएलएसमा खेलाउने इच्छा ब्यक्त गर्दै आएका छन् । रोनाल्डो हाल इटालियन सिरी आ क्लब युभेन्टसमा छन् भने उनको सम्झौता सन् २०२२ को सिजनको अन्त्यसँगै सक्किनेछ ।

त्यस समय रोनाल्डो ३७ बर्षको हुनेछन् । जसका कारण पनि उनी अमेरिका जानसक्ने अनुमान लगाउन सकिन्छ । तर सन् २०१५ मा रोनाल्डोले आफु माथिल्लो स्तरको फुटबल र राम्रो क्लबबाट नै सन्यास लिने बताएका थिए ।

Click to comment

Trending