Headline

आर्सनलको प्रत्येक जितमा ३ हजार रुख रोप्दै बेलेरिन

Published

on

हेक्टर बेलेरिनले जारी सिजन आर्सनलको हरेक जितमा तीन हजार रुख रोप्ने घोषणा गरेका छन् ।

कोरोना भाइरसका कारण रोकिएको प्रिमियर लिग १०२ दिन पछि बुधबार रातीबाट शुरु हुँदैछ । आर्सनल बुधबार नै राति म्यानचेस्टर सिटीसँग कोरोना भाइरपछिको दोश्रो प्रिमियर लिग म्याचमा भिड्न गइरहेको छ ।

प्रिमियर लिग रोकिनु अघि आर्सनलले २८ खेल खेल्दै ९ं जित र १३ बराबरीलले २८ अंकका साथ नवौं स्थानमा रहेको थियो । अब बाँकी १० खेलमा राम्रो नतिजा निकाल्दै मिकेल आर्टेटाको टोली आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन चाहन्छ ।

आर्सनलका उपकप्तान बेलेरिनले वान ट्री प्लान्टेड सँग मिलेर प्रत्येक खेलको जितमा तीन हजार रुख रोप्ने सम्झौता गरेका हुन् । “म बच्चामा बार्सिलोनामा हुर्किएको हो । म सानो छँदा मेरो हजुरबुवाले बगैंचामा धेरै रुख बिरुवा रोप्ने गर्नुहुन्थ्यो र मैलें पनि वहाँसँगै रुख रोप्ने गर्दथे । यो बिषय मेरो मुटुको नजिक रहेको छ,” बेलेरिनले भने ।

बेलेरिन वातावरणमा रुखको महत्व र प्लास्टिकको प्रयोगले यसमा पर्ने असरका बारेमा यस अघि पनि बोल्दै आएका छन् । त्यस्तै उनले आफ्ना समर्थकहरुलाई पनि आफ्नो अभियानमा जोडिन आग्रह गरेका छन् ।

Click to comment

Trending