Corona Virus

च्याम्पियन्स लिग पनि फर्किदै अगस्ट ७ देखि बाकीं खेलहरु सुरु हुने

Published

on

कोरोना भाईरसका कारण रोकिएको युएफा च्याम्पियन्स लिग अगस्ट ७ देखी पुन : सुरु हुने भएको छ।

मे देखि रोकिएको प्रतियोगितालाई युएफाले पुन : सुचारु गर्न लागेको हो। प्री-क्वाटर फाइनलका सबै खेलहरु सकाउदै क्वाटरफाइनलमा भने एक लेग मात्र खेलाउन युएफाले जनाएको छ। युएफाका अनुसार क्वाटरफाइनलका खेलहरु एक लेग मात्र खेलाइने छ।

क्वाटरफाइनल अगस्ट १२ देखी सुरु हुने छ। यस्तै सेमीफाइनलका खेलहरुका लागि पनि अर्को शहरमा गराउने युएफालेले जनाएको छ। फाइनलभने अगस्ट २३ मा गराउने  युएफाले जनाएको छ।

प्री-क्वाटरफाइनलमा बायर्नले चेल्सी,म्यानचेस्टर सिटीले रियाल म्याड्रिड, बर्सिलोनाले नापोली र जुभेन्टसले लियोनसँग को दोस्रो लेग खेल्न बाँकी रहेको छ।

Click to comment

Trending