Headline

नेमार र एमबाप्पेलाई लामो समय राख्ने पिएसजीको योजना

Published

on

लिग वान क्लब पेरिस सेन्ट जर्माइनले कोरोना भाइरसका कारण खराब आर्थिक अवस्थाका बावजुद आफ्ना दुई स्टार खेलाडी किलियन एमबाप्पे र नेमारलाई लामो समयका लागि क्लबमा नै राख्ने योजना बनाएको छ ।

२१ बर्षिय एमबाप्पे इङ्गलिस प्रिमियर लिग टोली लिभरपुल र स्पेनिस ला लिगा टोली रियल म्याड्रिड तथा २८ बर्षिय नेयमर बार्सिलोना फर्किने समाचारहरु बाहिर आइरहेको समयमा पिएसजीका निर्देशक लियोनार्ड भने दुबै खेलाडीलाई आफ्नै क्लबमा लामो समयका लागि राख्न लागेको योजना सुनाउँछन् ।

दुबै खेलाडीको पिएसजीसँगको सम्झौता २०२२ मा सकिने छ । तर क्लबले अर्को सिजनको अन्त्य सम्ममा नेयमार र एमबाप्पेको भविष्य निर्धारण गर्न नसकेको खण्डमा दुबै अन्यत्र जाने योजना बुन्न सक्नेछन् । यस बिषयमा पनि पिएसजी गम्भिर रहेको लियोनार्डले बताए ।

“उनीहरुले यो समरमा पिएसजी छाडेर अन्यत्र जाने भन्ने कुनै योजना बनाएका छैनन् । उनीहरुको हामीसँगको सम्झौता अझै दुई बर्ष बाँकी छ र अझै लामो समयका लागि पिएसजीमा राख्न के गर्न सक्छौं यस बारेमा सोची रहेका छौं,” लियोनार्डले भने ।

त्यस्तै लियोनार्डले नेमार र एमबाप्पे विश्वका उत्कृष्ट खेलाडी रहेको र उनीहरु पिएसजीमा हुनु क्लबका लागि पनि राम्रो र फाइदाको बिषय भएकाले उनीहरुलाई क्लबमा लामो समय सम्म राख्नका लागि सब थोक गर्ने पनि उनले जनाए ।

Click to comment

Trending