Headline

१ सय दिन पछि प्रिमियर लिगः अल यु निड टु नो

Published

on

इङ्गलिस प्रिमियर लिग बुधबारदेखि शुरु हुदैछ, तर हामीले जाने जसरी भने होइन । कोरोना भाइरसका कारण १ सय दिन रोकिएको प्रिमियर लिग एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीचको खेलसँगै सुचारु हुन गइरहेको छ । ४० दिनको अन्तरलामा हुन गइरहेका ९२ लिग खेलमध्ये भिल्ला र सेफिल्ड पहिलो खेल खेल्न गइरहेका हुन् ।

  • संक्रमणको रोकथामका लागि खेलहरु बन्द रँगशालामा हुन गइरहेका छन्, दर्जनौं सावधानी अपनाउने शर्तमध्ये यो एक हो ।
  • स्थगन पछि पहिलो खेल खेल्ने सबै क्लबहरुले कोरोनाका कारण ज्यान गुमाएकाहरुको सम्झनामा १ मिनेटको मौन धारण गरिनेछ भने खेलाडीहरुले जर्सीमा फ्रन्टलाईनमा खटिनेहरुका लागि मुटुको आकारको ब्याज पनि लगाउनेछन् ।
  • शुरुवाती १२ खेलहरुमा खेलाडीहरुले जर्सीको पछाडी आफ्नो नामको साटो ब्ल्याक लाइभ्स म्याटर राख्नछन् । अमेरिकामा मे २५ मा प्रहरीको ज्यादतीका कारण मारिएका ४६ बर्षिय अश्वेत नागरिक जर्ज फ्लोयडको समर्थनमा फैलिएको बिश्वब्यापी बिरोधालाई इङ्गलिस प्रिमियर लिगले पनि समर्थन गर्न गइरहेको हो ।
  • प्रिमियर लिगले प्रत्येक दुई हप्तामा खेलाडी तथा स्टाफहरुको कोरोना भाइरस परिक्षण गर्नेछ । लिग सुचारु गर्नका लागि गरिएको ८ हजार ७ सय ८५ परिक्षणमा १६ पोजिटिभ केसहरु देखिएको थियो ।
  • सबै ९२ खेलहरुको प्रत्यक्ष प्रशारण हुनेछ ।
  • दोश्रो स्थानको म्यानचेस्टर सिटीले २५ अंकको अग्रता कायम गरेको छ भने बर्नमाउथ, भिल्ला र नर्विच सिटी रेलिगेसन जोनमा रहेका छन् ।
  • ३० बर्षमा पहिलो उपाधि जित्न गइरहेको लिभरपुलले आफ्नो पहिलो खेलमा जित्दा सिटी बुधबार आर्सनलसँग पराजित हुने हो भने लिभरपुलले अन्य खेलको नतिजा कुर्नुपर्ने छैन ।
  • स्टेडियममा महत्वपूर्ण व्यक्तिहरु ३ सय भन्दा बढीको संख्यामा हुने छैनन् । स्टेडियमलाई रेड, एम्बर र ग्रिन जोनमा भाग लगाइएको छ । यो को कहा जान पाउने प्रावधान अन्तर्गत पर्दछ ।

Click to comment

Trending