Headline

अमेरिकाले गराई छाड्ने भयो युएस ओपन

Published

on

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले योजनाहरुलाई पारित गरेपछि युएस ओपन ग्राण्ड स्ल्याम तोकिएको मिति अनुसार नै हुने भएको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण अझै नथामिएपनि युएस टेनिस संघले कडा सतर्कता अपनाउदै प्रतियोगिता सञ्चानल गर्ने बताएपछि अगष्ट ३१ देखि सेप्टेम्बर १३ सम्म फ्लसिङ्ग मिडोजमा दर्शकको अनुपस्थितिमा युएस ओपन हुने भएको हो । न्युयोर्क यात्रा खतरापूर्ण रहने भन्दै केही खेलाडीहरुले ध्यानाकर्षण गर्दै आएपनि प्रतियोगिता सञ्चालनमा आउने भएको हो ।

स्पेनिस लिजेण्ड राफेल नाडालले यसअघि नै पूर्ण रुपमा कोरोनाको महामारी अन्त्य नहुञ्जेल प्रतिस्पर्धात्मक टेनिसमा आफू नफर्किने निर्णय गरेका थिए भने स्विस लिजेण्ड रोजर फेडेरेर पनि शल्यकृयाका कारण २०२१ म मात्र कोर्टमा फर्किने भइसकेका छन् ।

मार्च यता व्यवसायिक टेनिस प्रतियोगिताहरु हुन सकेका छैनन् । अमेरिकी टेनिस संघले भने आफू सक्रंमण रहित प्रतियोगिता गर्ने बताउदै आएको छ । “हामी टेनिस सामाजिक दुरी कायम गर्नका लागि आदर्श खेल रहेको देखाउन सक्षम छौं,” संघका प्रमुख माइक डाउजले भने ।

गभर्नर कुमोले खेलाडीहरुको सुरक्षका लागि असाधारण सतर्कता अपनाइने र यसका लागि कोरोना भाइरस परिक्षण र अतिरिक्त लकर रुमको लागि ठाँउ पनि छुट्याउने बताएका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २२ लाख नाघिसकेको छ भने १ लाख १९ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

न्युयोर्कमा मात्रै ३० हजारको मृत्यु भइसकेको छ । निकै नै चुनौतिपूर्ण घडीमा ग्लोबल प्रतियोगिता आयोजना गर्दा हामी माथि रहेको गहन जिम्मेवारीलाई हामीले राम्ररी बुझेका छौं, अमेरिकी टेनिस संघको एक बिज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतियोगिताको अन्य जानकारी बुधबार सार्वजनिक गरिने छ ।

न्युयोर्क बोरोको क्विन्स, जहा युएस ओपन हुने फ्लसिङ्ग मिडोज रहेको छ, अमेरिकामा सबैभन्दा बढी मान्छे मरेको दोश्रो काउन्टी मध्ये पर्दछ । युएस ओपन हुने बिल्ली जिन किँग नेशनल टेनिस सेन्टरलाई अमेरिकी स्वास्थ्य अधिकारीहरुले केही दिन अघि अस्थायी अस्पतालको रुपमा परिणत गरेका थिए ।

अष्ट्रेलियन टेनिस खेलाडी निक किर्गियोसले प्रतियोगिता गराउन लागि परेका आयोजकहरुलाई स्वार्थिको संज्ञा दिएका थिए । बिश्व नम्बर एक नोभाक जोकोभिचले प्रतियोगिता सञ्चालनका लागि प्रस्तावित प्रोटोकोल अति रहेको बताउदै आएका छन् । युएस ओपन अघि हुदै आएको सिन्सिनाटी ओपन पनि फ्लसिङ्ग मिडोजमै हुने भएको छ ।

Click to comment

Trending