Headline

बार्सिलोनाको जितमा १७ बर्षिय फातीको गोल

Published

on

१७ बर्षिय गिनी बिसौंका फर्वार्ड अन्सु फातिले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा लेगानेसलाई २–० ले पराजित गरेको छ । जितसँगै १ खेल बढी खेलेको बार्साले दोश्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकको अग्रता लिएको छ ।

फातीले अग्रता दिलाएपछि लियोनल मेस्सीले दोश्रो हाफमा अर्को गोल थप्दै बार्साको जित सुनिश्चित गरेका थिए । ६९ औं मिनेटमा रुबेन पेरेजले लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गरेका थिए । बार्साका लागि मेस्सीको ६ सय ९९ औं गोल हो ।

बिहिबार हुने खेलमा रियलले भ्यालेन्सियालाई हराएको खण्डमा शिर्ष स्थानको दुरी फेरि दुई अंकमा छोटिने छ । रियल बेटिसलाई अगष्ट २५ मा ५–२ ले हराउदा डेब्यु गरेका फाती १६ बर्ष २ सय ९८ औं दिनमा गोल गर्ने बार्सिलोनाको इतिहासमा दोश्रो सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन् ।

६ बर्षको उमेरमा परिवारसँग स्पेन बसाई सराई गरेका फाती २०१२ देखि स्पेनको युथ एकेडेमीमा रहेका छन् । अंक तालिकाको पुछारमा रहेको लेगानेसको २९ खेलबाट मात्र २३ अंक भएको छ । मायोर्का (२५) र इस्पान्योल (२४) रेलिगेसन जोनमा रहेका अन्य दुई टोली हुन् ।

Click to comment

Trending