Headline

बायर्न लगातार आठौं पटक बुन्डेसलिगा च्याम्पियन

Published

on

खाली रँगशालामा खुशीयाली मनाउदै बायर्नको टोली

बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । जितपछि बायर्नले खाली रँगशालामा खुशियाली मनाएको थियो ।

वेर्डर ब्रेमनलाई १–० ले पराजित गर्दै बायर्नले लिगमा अझै दुई खेल बाकी रहदै उपाधि रक्षा गरेको हो । बायर्नका लागि एक मात्र गोल रोबर्ट लेवानडस्कीले ४३ औँ मिनेटमा गरेका थिए । लेवान्डोस्कीले जेरोम बोआटिङको पासमा गरेका थिउ ।

७९ औं मिनेटमा अलफोन्सो डेभिस दोहोरो पहेंलो कार्ड काडै मैदान बहिर गएपछि १० खेलाडीमा सिमित भए पनि बायर्नलाई ब्रेमनले उपाधि उचाल्नबाट रोक्न सकेको थिएन । लेवान्डोस्कीले लिगमा ३१ गोल गर्न सफल भएका छन् ।

खेलमा आफ्नो दबदबा कायम राखेको बायर्नलाई ब्रेमनले बेला बेलामा गोलको लागि दवाब दिएको थियो तर अन्तिम परिणाम बायर्नकै पक्षमा रह्यो । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डको झिनो आशामा पानी फेर्दै बायर्न ७६ अंकका साथ लिग बिजेता घोषित भएको हो ।

दोस्रो र तेस्रो स्थानको लागि पनि लिगमा डर्टमण्ड र आर्बी लाइप्जिगबीच कडा टक्कर जारी छ । शिर्ष चारको लागि बोरुसिया मोइन्चेनग्लाडब्याच र उल्फसबर्गको दाबेदारी पनि कायमै रहेको छ ।

कोरोना भाईरसका कारण मे १३ देखी रोकिएको सिजनलाई जर्मन सरकारको ग्रिन लाइट पछि मध्य जुनबाट पुन सञ्चालनमा ल्याइएको थियो । बायर्नको ३० औं बुन्डेसलिगा उपाधि हो ।

एकै क्लबबाट ९ लिग उपाधि

  • डेभिड अलाबा र थोमस मुलरले बायर्नका लागि नवौं बुन्डेसलिगा उपाधि जित्दै फ्रान्क रिबेरीले रचेको किर्तिमानको बराबरी गरेका हुन् ।
  • ह्यान्सी फ्लिक बायर्नका लागि व्यवस्थापक र खेलाडीका रुपमा बुन्डेसलिगाको उपाधि जित्ने फ्राञ्च बेकेनबाउर र निको कोभाचपछि तेश्रो व्यक्ति बनेका छन् । फ्लिकले बायर्नका लागि १९८५–८६, १९८६–८७, १९८८–८९ र १९८९–९० को सिजनहरुमा मा चार पटक उपाधि जितेका थिए ।
  • युरोपको पाँच प्रमुख लिगहरुमा इटालियन सिरी आ को युभेन्टस र स्पेनिस ला लिगाको रियल म्याड्रिडले मात्र बायर्नभन्दा बढी लिग उपाधि जितेका छन् । युभेन्टसले ३५, रियलले ३३ र बायर्नले ३० पटक घरेलु लिगको उपाधि जितेका छन् ।

Click to comment

Trending