Headline

फुटबलरहरु प्रशिक्षणमा फर्कने, भक्तपुरमा नयाँ कार्यसमिति

Published

on

अखिल नेपाल फुटबल संघले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु गर्ने भएको छ ।

नेपालले दशरथ रँगशालामा २०२२ कतार बिश्वकप र २०२३ एसिया कप अन्तर्गत आफ्ना बाकी रहेका तीन होम म्याचहरु अक्टोबर ८ देखि खेल्न गइरहेको छ । केही दिन अघि एसियाली फुटबल महासंघले प्रस्ताव गरेको मिति अनुरुप नेपालले चाइनिज ताइपेइ, जोर्डन र अष्ट्रेलियासँग खेल्ने तय भएका थियो ।

कोरोना भाइरसका कारण नेपालमा खेलकुद गतिविधि अझै पनि सञ्चालनमा नआउदा एन्फाले सरकारले तोकेको प्रकृया पुरा गरेर जुलाई देखि राष्ट्रिय टोलीलाई प्रशिक्षणमा फर्काउने मङ्गलबारको आपातकालीन बैठकले निर्णय गरेको हो ।

“प्रशिक्षण संचालन गर्न एशियाली फुटबल महासंघको निर्देशन अनुरुप सम्बन्धित निकायहरु राष्ट्रिय खेलकुद परिषद, सम्बन्धित स्वास्थ्य मन्त्रालय र खेलकुद मन्त्रालयबाट समेत आवश्यक स्विकृति लिई मात्र संचालन गर्ने तथा आवश्यकता अनुसार निकायमा चाडै नै पत्राचार गरी स्विकृति लिने निर्णय गरीयो,” एन्फाले बैठक पछि जारी गरेको प्रेस बिज्ञप्तिमा लेखेको छ ।

यस्तै नेपाली पुरुष र महिला राष्ट्रिय टोलीमा रहेका ३५–३५ जना खेलाडीको कोभिड–१९ को निम्ति बिमा गर्ने निर्णय पनि बैठकले गरेको छ भने टासी घलेलाई बाकी कार्यकाल अवधिका लागि मानार्थ अध्यक्ष पदमा मनोनयन पनि गरेको छ । यस्तै फिफाबाट प्राप्त हुने कोभिड–१९ राहत अन्तर्गत पहिलो चरणमा १ लाख डलरको राहत बितरण शुरु गर्ने पनि एन्फाले जनाएको छ ।

अर्को एक लामो बिवरण प्रस्तुत गर्दै एन्फाले भक्तपुर जिल्ला फुटबल संघको बर्तमान कार्यसमितिलाई खारेज गर्दै नयाँ तदर्थ समितिको स्थापना गरेको छ । एन्फाको छानविन समितिले दिएको प्रतिवेदनले भक्तपुर जिल्ला संघले नियमावली र कानुनी प्रक्रिया उल्लंघन गरी जिल्ला लिग सञ्चालन गरेको र क्लब दर्तामा पनि प्रकुया पुरा नगरेको निष्कर्ष निकालेको छ ।

यस्तै पुर्याउनु पर्ने क्लब संख्या समेत नपु¥याई जिल्ला संघको गतिविधि सञ्चालन गरेको र आर्थिक अनियमितता पनि देखिएको भन्दै कारवाही गरिएको एन्फाले बताएको छ । गठित नयाँ कार्यसमितिको अध्यक्षमा किशोर हेक्का रहेका छन् ।

Click to comment

Trending