Headline

म्याच फिक्सिङ्ग मुद्दा: पुर्व कप्तान सागर सहित अन्य ५ लाई सफाइ

Published

on

सर्वोच्च अदालतले नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान सगर थापासहित अन्य पाँचलाई म्याच फिक्सिङ्ग मुद्दामा लागेको देशद्रोहको आरोपबाट सफाइ दिएको छ ।

सागर सहित पुर्व राष्ट्रिय फुटबल अञ्जन केसी, सन्दिप राइ, रितेश थापा, बिकास सिँह क्षेत्री र फिजियोथेरपिस्ट डेजिब थापालाई असोज २७ गते नेपाल प्रहरीले म्याच फिक्सिङ्ग आरोेपमा पक्राउ गरेको थियो । बिशेष अदालतबाट यसअघि नै सफाइ पाइसकेका उनीहरुलाई सरकारी वकिलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

यद्दपि पाँचै जनालाई एसियाली फुटबल महासंघ (एएफसी) ले पाँच बर्षको प्रतिबन्ध लगाएको छ । सागरले एक अनलाइनसँग कुरा गर्दै अखिल नेपाल फुटबल संघले एएफसीसँग पहल गर्नु पर्ने बताएका छन् । सागरले सर्वोच्चको फैसलालाई सत्यको जितको रुपमा लिएका छन् ।

“सत्यको जित भयो, सम्मानित सर्वोच्च अदालतबाट पनि न्याय पाइएकोमा आज समय, मिहिनेत, परिश्रमको मुल्याङकन कसले गर्दिने, सरकारले, एन्फाले ?” सागरले आफ्नो फेसबुकमा लेखेका छन् ।

उनीहरु विरुद्ध २०७२ कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो भने त्यसको दुई दिनपछि धरौटिमा छुटेका थिए । तत्कालिन महानगरीय प्रहरी प्रभागका एसएसपी सर्वेन्द्र खनालले उनीहरुले लामो समयदेखि म्याच फिक्सिङ्ग गर्दै आएको प्रेसलाई बताएका थिए ।

सिँगापुरका बुकी विल्सन राज र तितानी पेरियासामी र मलेशियाका केशभन पटनसँग उनीहरुको सम्बन्ध रहेको खनालले दावी गरेका थिए ।

Click to comment

Trending