Headline

रोनाल्डोसँग खेल्न रियल म्याड्रिड चान चाहन्थे लेवान्डोस्की

Published

on

पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की बायर्न म्याुनिख जान अघि क्रिष्चियानो रोनाल्डोसँग खेल्नका लागि रियल म्याड्रिड जान चाहेको उनका पुर्व एजेन्ट सेनारी कुचास्कीले खुलासा गरेका छन् ।

२०१४ को फ्रि ट्रान्सफरमा बोरुसिया डर्टमण्डबाट बायर्न गएदेखि उत्कृष्ट लयमा रहेका ३१ बर्षीय लेवान्डोस्की लगातार गोल गर्दै आइरहेका छन् । तर रोनाल्डोसँग खेल्ने चाहना पछ्याउदै उनले बायर्नसँग सम्झौता नगरेको भए लेवान्डोस्कीको करिअरले अर्कै मोड लिने थियो ।

“एउटा समय यस्तो पनि थियो जब उनी बायर्नमा सम्झौता नगर्दै रियल जान चाहन्थे किनभने त्यहा रोनाल्डो खेल्थे,” कुचास्कीले एक अन्तर्वार्तामा भने । “मैले उनलाई तिमी उत्कृष्ट क्लबको नम्बर एक स्ट्राइकर हुनुपर्छ भनेर मनाएको थिए । रियल म्याड्रिडमा उनले सजिलै करिम बेन्जेमालाई पछाडि पार्न सक्थे तर म उनलाई क्लबको दोश्रो नम्बरको खेलाडी हुन दिन चाहदिन थिए । रियल, आर्सनल वा म्यानचेस्टर सिटीलाई लिएर कुरा हुँदा मैले यही कुरामा जोड दिएको थिए ।”

पेप ग्वार्डियोलाको बायर्नमा कसरी अटाउने र मारियो मान्जुकिचभन्दा उनी त्यति राम्रो नरहेको भन्ने कुरालाई लिएर लेवान्डोस्की आफै बायर्न जाने कुरमा संशकित रहेको पनि कुचास्कीले बताए । “त्यो कुरा सम्झिदा मलाई आज पनि हासो उठ्छ । तर लेवानडस्की त्यो समय निकै दुविधामा थिए,” कुचास्की सम्झन्छन् ।

मान्जुकिचको ९ नम्बर जर्सी लिने बाचाले लेवान्डोस्कीको निर्णयमा ठूलो प्रभाव पारेको सम्झदै कुचास्की भन्छन्ः “मेरा लागि पनि यो कदम महत्वपूर्ण थियो । डर्टमण्डका लागि खेलिसकेपछि बायर्न जानु नै उनको लागि सुरक्षित हुने लागेको थियो ।”

२०२३ सम्म बायर्नसँग अनुबन्धित लेवान्डोस्कीले आफ्नो करिअर अन्य कुनै क्लबमा अन्त्य गर्न नहुने कुचास्की मान्छन् । “उनले आफ्नो खेल जीवन बायर्नमै अन्त्य गर्नेछन् । यदि म अझै पनि उनको सल्लाहकार हुने थिए भने म उनलाई यहि सुझाव दिने थिए । ३० बर्षभन्दा माथिको उमेरमा मलाई लाग्छ रुड भन निस्टलरोय मात्र रियल गएका थिए । म त लेवान्डोस्की बायर्नमै बसेर क्लब रेकर्डहरु तोडुन् भन्ने चाहन्छु।”

Click to comment

Trending