Headline

बिश्वकप बिजेता कासियास स्पेनिस फुटबलको अध्यक्ष पदका लागि नलड्ने

Published

on

स्पेनका बिश्वकप बिजेता कप्तान तथा गोलकिपर इकर कासियासले स्पेनिस फुटबल फेडेरेशन (आरएफईएफ) को अध्यक्ष पदका लागि आफ्नो दावेदारी नदिने घोषणा गरेका छन् ।

कोरोना भाइरसले उत्पन्न संकटका कारण कासियासले अध्यक्ष पदका लागि नलड्ने घोषणा गरेका हुन् । “म आएफईएफको चुनावमा उठ्ने छैन,” हाल पोर्चुगलको एफसी पोर्टोमा रहेका कासियासले आफ्नो सामाजिक सञ्चालमा लेखेका छन् । उनले स्पेनले सामना गरिरहेको “सामाजिक आर्थिक र स्वास्थ्य समस्या लाई मध्येनजर गर्दै” अध्यक्ष नउठ्ने पनि स्पष्ट पारेका छन् ।

२७ हजार भन्दा बढीले ज्यान लिइसकेको कोरोना भाइरसले स्पेनको फुटबलको “चुनावलाई प्राथमिकता आधारमा दोश्रो स्थानमा रेलिगेट गरेको” उनले भने । कासियासले फेब्रुवरीमा अध्यक्ष पदका लागि लुईस रुबियालेसको प्रतिद्वन्दीका रुपमा चुनाव लड्ने मनसाय प्रकट गरेका थिए ।

कासियास नलड्ने भएपछि रुबियालेसलाई अगष्ट १७ को लागि तय भएको साधारण सभाबाट लगातार दोश्रो कार्यकालका लागि पुन नियुक्त हुनका लागि बाटो खुलेको छ । स्पेनका लागि १ सय ६७ खेल खेलेका कासियासले २००८ र २०१२ को युरो कप पनि जितेका थिए । २०१५ मा रियल म्याड्रिडको महान गोलकिपर मध्ये एक बनेर छोड्नुअघि उनले ७ सय खेल खेलेका थिए ।

यस क्रममा कासियासले पाँच वटा ला लिगा र तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । २०१९ मे मा माइनर ह्ृदयघात भए देखि उनले एक पनि प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् ।

Click to comment

Trending