Corona Virus

लामो समय पछि अभ्यासमा फर्कन पाउँदा निकै खुशी छु : पारस खड्का (भिडियो अन्तरवार्ता सहित)

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले कोरोना भाइरसका कारण लागेको लकडाउनका कारण लामो समय पछि अभ्यासमा फर्कन पाउँदा निकै खुशी भएको जनाएका छन् ।

आज टियु क्रिकेट मैदानमा अभ्यास पछि विस्पोर्टजसँग कुरा गर्दै ओपनर पारसले पछिल्लो लामो समय ब्याटिंङ र बलिङ केहि पनि गर्न नपाएको र ८० दिन पश्चात ब्याटिंङ गर्न पाउँदै भिन्नै महसुस भएको प्रतिक्रिया दिए ।

लकडाउनका समयमा आफुलाई फिट राख्न घरमा नै शारिरिक ब्यामहरु गर्ने गरेको पारसले बताए । त्यस्तै उनले ८० दिन घरमा नै बस्दा परिवारसँग, फिल्महरु हेर्दै र पढ्दै समय बिताएको जनाए ।

कोरोनाका कारण लामो समय अन्तरास्ट्रिय क्रिकेट हुने सम्भावना न्युन बन्दै गएको अवस्थामा उनले यही समयमा घरेलु प्रतियोगिता आयोजना गर्दै खेलाडीहरुलाई ब्यस्त राख्न पर्ने धारणा ब्यक्त गरे ।

हेर्नुहोस् पारस खड्कासँग गरिएको कुराकानीको भिडियो

Click to comment

Trending