Headline

विश्वकपको भविष्य अस्ट्रेलियाको हातमा : सचिन तेन्दुलकर 

Published

on

भारतीय क्रिकेट टोलीका पुर्व ब्याट्सम्यान सचिन तेन्दुलकरले यसै बर्ष अक्टोबर – नोभेम्बरमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपको भविष्य आयोजक राष्ट्र अस्ट्रेलियाको नै हातमा रहेको धारणा ब्यक्त गरेका छन् ।

कोरोना भाइरसका कारण यस अघि ठप्प रहेको खेलकुद गतिबिधिलाई विभिन्न देश र संस्थाहरुले बिस्तारै आफ्नो सामान्य अवस्थामा फर्काउन कोसिस गर्दैछन् ।

यस्तैमा पछिल्लो समय एकदम चर्चामा रहेको छ अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप र भारतीय क्रिकेट बोर्डले आयोजना गर्ने इन्डियन प्रिमिएर लिग (आईपीएल) । भारत विश्वकप सरेको खण्डमा आफुले आईपीएल गराउने भन्दै आएको छ भने अस्ट्रेलिया समयमा नै विश्वकप गराउन चाहन्छ ।

अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पनि कोरोनाका नै कारण विश्वकप तोकिएको नै समयमा गराउने की पछिको लागि सार्ने भन्ने बिषयमा केहि टुंगो लगाउन सकेको छैन ।

तर मास्टर ब्लास्टर तेन्दुलकर भने विश्वकपको भविष्य अस्ट्रेलियाको नै हातमा रहेको धरणा राख्छन् । उनी भन्छन्, ‘विश्वकपको बारेमा कुरा गर्ने हो भने मेरो बिचारमा यो सबै निर्णय अस्ट्रेलियाको हुनेछ । अस्ट्रेलिया क्रिकेट बोर्ड यस्तो अवस्थामा विश्वकप गर्न सक्छ की सक्दैन भन्नेमा विश्वस्त हुनु जरुरी छ ।’

त्यस्तै उनले अहिलेको अवस्थामा सबैभन्दा महत्वपुर्ण बिषय भनेको क्रिकेट फर्कनु जरुरी रहेको धारणा पनि ब्यक्त गरे । त्यस्तै सचिनले इंग्ल्यान्ड र वेस्ट इण्डिजलाई क्रिकेट सुरु गर्न गहिरहेकोमा बधाई पनि दिए ।

Click to comment

Trending