Headline

बिल्बाओले एट्लेटिको म्याड्रिडलाई बराबरीमा रोक्यो

Published

on

एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओसँग १-१ गोलको बराबरी खेलेको छ।

एथ्लेटिक बिल्बाओका लागि खेलमा पहिलो अग्रता दिलाउने क्रममा इकर म्युनियनले ३७ औँ मिनेटमा गोल गरेका थिए। खेलमा १-० को अग्रता लिए पछि बिल्बाओले आफ्नो रणनितीमा फेर बादल गर्दै डिफेन्स बलियो बनाएको थियो। तर त्यस्को दुई मिनेट पनि नबित्दै ३९ औँ मिनेटमा कोकेको पासमा डिएगो कोस्टाले एट्लेटिको म्याड्रिडका लागि बराबरी गोल फर्काउन सफल भए।

दोस्रो हाफमा पनि दुबै टोलीबाट उतिकै गोल गर्ने मौका बनेको थियो। दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन नसके पछी खेल १-१ को बाराबरीमा सकिएको थियो। ४६ अंक बनाएको एट्लेटिको म्याड्रिड छैठौँ स्थानमा छ भने ३८ अंकको साथ बिल्बाओ १० औँ स्थानमा रहेको छ।

आजै हुने अर्को खेलमा भने स्पेनिस महारथी रियल म्याड्रिडले आइबारको सामना गर्ने छ।

Click to comment

Trending