Headline

बार्सा फराकिलो जितका साथ फर्कियो

Published

on

मायोर्कालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोनाले कोरोना भाइरसपछि फर्किएको स्पेनिस ला लिगामा शान्दार जित हात पारेको छ ।

खाली रँगशालामा भएको खेलमा बार्सिलानोले गोलको खाता खोल्न ६६ सेकेण्ड मात्र लगाएको थियो । आटुरो भिडालले बार्सालाई अग्रता दिलाएका थिए । पुर्व मिडल्सबोरो स्ट्राइकर मार्टिन ब्रेथवेटले ३७ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

सब्स्टिच्युट लुइस सुवारेजले ७९ औं मिनेटमा ३–० बनाएका भने लियोनल मेस्सीले थपिएको अतिरिक्त समयको तेश्रो मिनेटमा अन्तिम तथा चौथो गोल गरेका थिए । मेस्सीले यो सिजन ला लिगामा २० गोल र १४ असिस्ट गरेका छन् ।

जितपछि बार्साले दोश्रो स्थानको रियल म्याड्रिडसँग पाँच अंको अग्रता बनाएको छ तर उसको पराम्परिक प्रतिद्वन्दीले एक खेल कम खेलेको छ । आइतबारको खेलमा रियलले आईबारको सामना गर्नेछ भने एट्लेटिको म्याड्रिडले एथ्लेटिक बिल्बाओसँग खेल्नेछ ।

Click to comment

Trending