Headline

हालान्डको गोलमा डर्टमण्डको संघर्षपूर्ण जित

Published

on

एर्लिङ्ग हालान्डले अन्तिम समयमा गोल गरेपछि बोरुसिया डर्टमण्ड जर्मन बुन्डेसलिगामा बराबरीबाट जोगिएको छ ।

सब्स्टिच्युटको रुपमा मैदान प्रवेश गरेका हालान्डले १२ औं खेलमा ११ औं लिग गोल गरेपछि डर्टमण्डले अवे खेलमा डसेलडर्फलाई १–० ले हरायो । उनले पछिल्लो पाँच खेलमा भने मात्र एक गोल गरेका थिए ।

म्यानुयल अकन्जीको पासमा हाल्यान्डले उत्कृष्ट गोल गरेका थिए। खेल पछी ६६ अंक रहेको डर्ट्मन्ड तेस्रो स्थानमा रहेको आरबी लाइप्जिग भन्दा चार अंकले मात्र माथि रहेको छ।

यस्तै अन्य खेलमा भने युनियन बर्लिन ले क्लोनलाई २-१ ले हरायो। बर्लिनका लागि ३९ औँ मिनेटमा मर्विन फ्रेन्डरिचले गोल गरेका थिए। दोस्रो गोल भने ६७ औँ मिनेटमा क्रिस्टेन गेन्ट्नरले गरेका थिए। क्लोनका लागि भने ९० मिनेट पछी थपिएको अतिरिक्त समयमा जोन कोर्डोबाले सन्त्वना गोल फर्काए।

अन्य खेलहरुमा वेर्डेर वर्मेनले रेलिगेसन जोनमा रहेको पडेर्बोन माथि ५-१ को ठुलो जित निकल्न साफल भयो। फ्रन्कफुटले पनि हेरेथ बर्लिनलाई उसकै घरमा ४-१ को हार चखायो। वोल्फ्सबर्गले भने फ्रिबर्ग सँग २-२ को बराबरी खेलडाई अंक बाड्न बाढ्यो ।

Click to comment

Trending