Headline

ब्रेकिङ : शाहिद अफ्रिदीलाई कोरोना संक्रमण 

Published

on

पाकिस्तान क्रिकेट टोली पुर्व कप्तान शाहिद अफ्रिदीमा कोरोना संक्रमण भेटिएको छ ।
४० बर्षिय अफ्रिदीले आफ्नो सामाजिक संजाल ट्विटरमा आफुलाई कोरोना संक्रमण भेटिएको र सबै समर्थकलाई आफ्नो सिघ्र स्वास्थ्य लाभको कामना गर्न भनेका छन् ।
उनले लेखेका छन्, ‘गत बिहिबारबाट मेरो स्वस्थ स्तिथी राम्रो थिएन । ज्यान नराम्ररी दुखेको थियो । जाँच गर्दा कोभिड भएको रहेछ । सिघ्र स्वास्थ्य लाभको लागि प्रार्थना जरुरी छ ।’
अफ्रिदी कोरोना भाइरस भेटिने दोश्रो खेलाडी हुन् । यस अघि पुर्व ओपनर तफिक उमरलाई पनि कोरोना संक्रमण भेटिएको थियो । उमर भने पुर्ण ठिक भैसकेका छन् ।
विश्वभर फैलिएको कोरोना संक्रमण पछि अफ्रिदी आफ्नो संस्था ‘होप नट आउट’ मार्फत पछिल्लो समय सामाजिक काममा क्रियाशिल थिए । उनले पछिल्लो दुई महिना देखि आफ्नो संस्था मार्फत गरिब तथा असाहयहरुलाई सहयोग गर्दै आएका थिए ।  

Click to comment

Trending