Headline

पुर्व इङ्गल्याण्ड कप्तान माइकल भनको तालु खुइले ११

Published

on

लकडाउनको अन्त्यसँगै युरोपमा फुटबल सुचारु भएपनि त्रिकेटले भने अहिले गति लिइसकेको छैन । तर लकडाउनका दौरान क्रिकेटर र यो सँग सम्बन्धित व्यक्तित्वहरुलाई भने सृजनात्मक हुने मौका पनि दिएको छ भने एक अर्कासँग अनलाइन अन्तरकृया गर्दै मिडियालाई प्रशस्तै खुराक पनि दिएका छन् ।

लकडाउनका दौरान अष्ट्रेलियन क्रिकेटर डेभिड वार्नर टिकटिकमा खुबै छाए भने इङ्गल्याण्डका पुर्व कप्तान तथा कमेन्टेटर माइकल भन पनि सामाजिक सञ्जाल मार्फत दर्शकहरुसँग सम्पर्कमा रहे । भन ट्विटरमा पनि निकै सकृय छन् र लकडाउनका समय उनले निकै रमाइलो टिम निर्माण पनि गरेका छन् ।

क्रिकेटमा कपाल झरेका खेलाडीहरु प्रशस्त रहेका छन् र तीनै कपाल झरेका बिश्वका उत्कृष्ट खेलाडीहरुलाई समेट्दै उनले उत्कृष्ट तालु खुईले टेस्ट ११ टोली बनाउदै समर्थकहरुलाई खुबै हसाएका छन् ।

भनले तालु खुइले ११ को टोलीको कप्तान आफ्नै देशका ब्रायन क्लोजलाई बनाएका छन् भने यसमा इङ्गल्याण्डकै खेलाडीहरुको बाहुल्यता रहेको छ । उनले इङ्गल्याण्डका लिजेण्डरी ब्याट्स्म्यान ग्राहम गुचलाई ओपनर बनाएका छन् । गुचले इङ्गल्याण्डका लागि १३ हजार अन्तर्राष्ट्रिय रन बनाएका थिए ।

गुचको ओपनिङ्ग पार्टनर दक्षिण अफ्रिकाका हर्सेल गिब्स रहेका छन् । गिब्सले आफ्नो करिअरमा १४ हजार रन बनाएका थिए । अर्का दक्षिण अफ्रिकी खेलाडी तेश्रो नम्बरमा ब्याटिङ्ग गर्नेछन् भने मिडल अर्डरमा अष्ट्रेलियाका ड्यारेन लेह्म्यान, इङ्गल्याण्डकै जोनाथन ट्रोट र क्लोज रहेका छन् ।

टिमको विकेटकिपरमा उनले इङ्गल्याण्डकै म्याट प्रायरलाई छानेका छन् । तिब्र गतिका बलरमा पाकिस्तानका राना नाभेद उल हसन र डउग बोलिँगर रहेका छन् । नथान लायोनलाई प्रमुख स्पिनर बनाएका भनले ११ नम्बरका लागि न्युजिल्याण्डका तिब्र गतिका बलर क्रिस मार्टिन अथवा इङ्गल्याण्ड स्पिनर ज्याक लिच रहेका छन् ।

भनको तालु खुइले उत्कृष्ट टेस्ट ११

ग्राहम गुच, हर्सेल गिब्स, हसिम आम्ला, ड्यारेन लेह्म्यान, जोनाथन ट्रोट, ब्रायन क्लोज (कप्तान), म्याट प्रायर (विकेट किपर), डउग बोलिँगर, नथान लायोन, राना नाभेद उल हसन, ज्याक लिच/क्रिस मार्टिन

Click to comment

Trending