Headline

लकडाउनका बीचमा पनि सजिंदै दशरथ रंगशाला (फोटो र भिडियो)

Published

on

पछिल्लो ८० दिन भन्दा बढी समय देखि नेपालमा कोरोना भाइरसका कारण देश नै पुरै लकडाउनमा छ ।

तर नेपालको एक मात्र अन्तरास्ट्रिय स्तरको रंगशाला दशरथ रंगशालालाई भने लकडाउनले खासै असर पारेन । अर्को शब्दमा भन्दा लकडाउनले गर्दा यस रंगशालाले सजिने मौका पाएको छ ।

दशरथ रंगशालामा नेपालले एसिया कप र विश्वकप छनोट अन्तर्गत चैत्र १३ गते जोर्डन बिरुद्ध तथा १७ गते अस्ट्रेलिया बिरुद्ध खेल्ने कार्यक्रम रहेको थियो । तर विश्वका सबै देशमा कोरोनाका कारण लकडाउन भए पछि यो दुई खेल सरेको थियो भने हालसालै एसियाली फुटबल महासंघले दशैं अघिका लागि यो खेलको मिति सार्वजनिक गरेको छ ।

लकडाउनका समयमा नै पनि रंगशालाका कर्मचारीहरु भने लगातार यसको मर्मत सम्हार गर्नमा ब्यस्त रहेका थिए । उनीहरुले यस समयमा मैदानमा घाँस रोप्ने, गोड्ने देखि लिएर लगातार पानी हाल्दै यसलाई हरियो बनाउँदै अन्तरास्ट्रिय स्तरको बनाएका थिए ।

Click to comment

Trending