Headline

३० लाख खाना व्यवस्था गरे रासफोर्डले

Published

on

“जब सम्म बेलायतको कुनै बच्चाले उनीहरूको लागि अर्को खाना कहा बाट आउछ भनेर चिन्ता लिनुपर्दैन तब सम्म म लडिरहनेछु ।”

म्यानचेस्टर युनाइटेड र इङ्गल्याण्ड फर्वार्ड मार्कस रासफोर्डले यो भनिरहदा बेलायतमा लकडाउन शुरु भए देखी निरन्तर अनाथ बालबलिकाहरुलाई खाना खुवाउने अभियान चलाउदै आएका छन् । २२ वर्षिय रासफोर्डले मिडियासँग कुरा गर्दै उनले ३० लाख खानाको लागि पैसा संकलन गरिसकेको बताएका छन् ।

लकडाउन अवधिभर उनले फेयर शेयर युकेसँग सहकार्य गर्दै २० मिलियन पाउन्ड जम्मा भएको बताएका थिए । यहाँ अझै धेरै गर्नु छ । इङ्गल्याण्डलाई चाहिरहेको छ, रासफोर्डले भने । गएको सातामा मात्र उनले ग्रेटर म्यानचेस्टरमा गरेको उक्त कार्यका कारण हाइ सेरिएफ अवार्ड प्रदान गरिएको थियो ।

पछिल्लो साता युरोपको पाँच मुल्यवान खेलाडीको सुचीमा पर्न सफल उनले आफ्नो ट्विटरमा “म सँग तपाईंहरुलाई छक्क पार्ने समाचार छ” भन्दै लेखेका थिए ।

“हाम्रो लक्ष्य थियो कि हामीले बेलायत भर आवश्यक रहेको ३० लाख खाना जुटाउने कार्यमा सफल भएको छौं । तपाईंहरुको समर्थनको लागि म आभारी छु । यहाँ अझै गर्नु छ । म युकेका बच्चाहरुले आफ्नो अर्को खाना कता बाट आउने होला भनेर दिन–दिनै सोच्नु पर्ने बाध्यता हटाउने छु । इङ्ल्यान्डलाई हाम्रो मद्दत चाहिएको छ, उनले ट्विट गरेका छन् ।”

Click to comment

Trending